सिंहको गर्जनका साथ कम्युनिष्ट आए काँग्रेसले शिकारीको रुप धारण गरेर परास्त गर्छ: नेता थापा

फाइल तस्बिर

काँग्रेस नेता गगनकुमार थापाले सरकारले दुई तिहाईको तरबार देखाएर न्यायालयलाई समेत तर्साउने काम गरिरहेको आरोप लगाए । उनले त्यसो गरे आफुहरुलाई कुनै पनि हालतमा सैह्य नहुने बताए।

वडा दशैंको अवसर पारेर पार्टीले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपाललाई कम्बोडियामा जस्तो तानाशाही व्यवस्था ल्याउन सरकारले खोजिरहेको उल्लेख गर्दै त्यसलाई सफल हुन नदिने बताए ।

नेता थापाले पुष्पकमल दाहालले शुक्रबार काठमाडौंमा कम्युनिष्ट पार्टी मात्रै नेपालमा रहने दिने अभिव्यक्ति दिएकोमा आपत्ति जनाउँदै सिंहको गर्जनका साथ कम्युनिष्ट पार्टी आए काँग्रेसले शिकारीको रुप धारण गरेर परास्त गर्ने दृढता पनि व्यक्त गरे ।

नेता थापाले सरकारले लोकतन्त्र विरोधी गतिविधिलाई अघि बढाएकाले त्यसको विरोध गर्नु परेको पनि स्पष्ट पारे ।

प्रकाशित मिति: : 2019-09-28 12:56:53

प्रतिकृया दिनुहोस्