दुईतिहाई जनमत पाएको सरकार काममा भन्दा भाषणमा धेरै लाग्यो: नेता सिंह

फाइल तस्बिर

नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले दुईतिहाई जनमत पाएको सरकार काममा भन्दा भाषणमा धेरै लागेको आरोप लगाएका छन् ।

काठमाडौँ क्षेत्र नं १ ले विजयादशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा आज (शनिबार) आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।

“दुईतिहाई जनमत पाएको सरकार काममा भन्दा भाषणमा धेरै लाग्यो, भाषणले देश बन्दैन, जनताको न्यूनतम चाहना पनि सरकारले पूरा गर्न सकेन”–उनले भने। जनताले वर्तमान सरकारसँग ठूलो अपेक्षा गरेको उहाँको भनाइ थियो ।

पूर्व उपप्रधानमन्त्री सिंहले सरकारलाई संविधान विपरीत काम नगर्न आग्रहसमेत गरे। “सरकारलाई संविधानको मूल्य र मान्यताविपरीतका काम गर्न अधिकार छैन”, नेता सिंहले भने । नेता सिंहले चाडपर्वको समयमा देशका विभिन्न ठाउँमा भएको सवारी जामले जनता हैरानी खेप्नुपरेको भन्दै जाम पन्छाउनका लागि सरकार गम्भीर हुनुपर्ने बताए ।

प्रकाशित मिति: : 2019-09-28 11:44:40

प्रतिकृया दिनुहोस्