प्रेममा धाेका पाएँ, न्यायकाे पर्खाइमा छु– जमुना खत्री
निर्मला आचार्य
१.
सधैँ सम्झिन्थेँ आफ्नो सम्झिने यहीँ मन रहेछ
तर यो केवल म जस्ता मुर्खको पागलपन रहेछ
बुबाको गोजीसँगै आफन्त रित्तिएपछि पो बुझेँ
धन हेरेर आफन्त र पराई छुट्टाउने चलन रहेछ
२.
बेहुलाको भेषमा कस्तो लजाएर गयौं
मेरै अघि विवाहको बाजा बजाएर गयौं
हिजो तिमी छैनौं मेरो जीवन छैन भन्थ्याैँ
आज अर्कैँको सिउदोलाई सजाएर गयौं
३.
भारी बोकेर नै मलाई शिक्षाको बजार दियौं
आफू बिर्से उ खुसी हुन्छे भनी संसार दियौं
छोराछोरीका खुसीमा आफ्नो पिडा बिर्सिने
मेरी आमा दुनियाँको महान कलाकार दियौं
४.
तिमी भन यो मन सम्झाउनु कसरी
आफ्नै मुटु झिकेर म रमाउनु कसरी
हिजोका ती सँगै जीउने कसम भुलेर
आज तिम्रो डोले बनी आउनु कसरी
५.
जताततै बर्षिएको छ बलात्कारको झरी
गर्ने होइन भन्ने मात्रै छन् विचारा कठैबरी
धेरै निर्मला,भागरथीको ज्यान बलि चढ्दा
किन दोषि खुलेआम हिड्छ हाम्रै वरिपरी ।
प्रेममा धाेका पाएँ, न्यायकाे पर्खाइमा छु– जमुना खत्री
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया