सप्तरीमा समाजवादी पार्टीका नेताहरुबीच कुटाकुट, जिल्ला इन्चाजको टाउको फुट्यो

सांकेतिक तस्बिर

समाजवादी पार्टी सप्तरीका नेताहरुबीच कुटाकुट भएको छ ।

पार्टीले बिहीबार राजविराजको स्थानीय साह धर्मशालामा आयोजना गरेको दशैंको शुभकामना आदान प्रदान कार्यक्रममा नेताहरुबीच कुटाकुट भएको बताइएको छ । कुटाकुट हुँदा जिल्ला इन्चाज यादवको टाउको फुटेको छ ।

उनलाई राति नै गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार गराइएको छ । उनको टाउकोमा चार वटा टाँका लगाइएको छ ।

प्रकाशित मिति: : 2019-09-27 17:02:45

प्रतिकृया दिनुहोस्