सभापति देउवासँग अमेरिकी राजदूत बेरीको भेट

फाइल तस्बिर

नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्‍यन्डी डब्ल्यु बेरीले शिष्टाचार भेटवार्ता गरेका छन् ।

सभापति देउवा निवास बूढानीलकण्ठमा आज भएको भेटवार्तामा उनीहरुबीच समसामयिक राजनीति र द्विपक्षीय आपसीहितका विषयमा छलफल भएको सभापति देउवाका सहयोगी भानु देउवाले जानकारी दिए ।

भेटमा उनीहरुबीच द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने र दुई देशबीचको दशकौं देखिको विकास साझेदारी अझ प्रभावकारीरुपमा अघि बढाउनेलगायत विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति: : 2019-09-26 13:45:33

प्रतिकृया दिनुहोस्