कम्युनिस्ट सरकारले केही चमत्कार गर्छकी भन्ने जनताको आशा निराशामा परिवर्तन भयो: नेता पौडेल

फाइल तस्बिर


नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेता पौडेलले अहिलेको कम्युनिस्ट सरकारले केही चमत्कार गर्छकी भन्ने आशा जनताले र आफूहरुले लिए पनि त्यो आशा निराशामा परिवर्तन हुँदै गएको बताएका छन् ।

प्रजातान्त्रिक उद्योगी व्यवसायी सङ्घ तुलसीपुरले आज (बिहिबार) आयोजना गरेको कार्यकर्ता भेटघाट तथा स्वागत कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् । ‘‘दुई तिहाइको सरकार अहिले अल्मलिएकोछ राष्ट्रको विकास र समृद्धिको यात्रा काङ्ग्रेसले नै गर्छ ’’ उनले भने ।

उनले जनताले काङ्ग्रेसलाई किन पत्याएनन् भनेर आत्मसमीक्षा गर्नुपर्ने समय आएको समेत बताएका छन् । नेता पौडेलले पार्टीले लिएको सिद्धान्त सबैले स्वीकार गर्नुपर्ने र पार्टीले निर्वाचनमा हार व्यहोर्नुपर्ने अवस्था आएकाले अब सबै नेता कार्यकर्ता सच्चिनुपर्ने बताए ।

“अब सबै नेता कार्यकर्ता पार्टीका हितमा लाग्नुपर्छ, नेतृत्व पनि कार्यकर्तामुखी हुनुपर्छ’’ पौडेलले भने । उनले कुनै एउटा ताको फेर समाएर मात्र पार्टी बलियो नहुने भन्दै अब काङ्ग्रेस कर्मशिल हुनुपर्ने बताए ।

प्रकाशित मिति: : 2019-09-26 12:44:15

प्रतिकृया दिनुहोस्