पूर्व रअ एजेण्टकाे खुलासा : राजतन्त्र अन्त्य गर्न दाहालसँग हातेमालो

काठमाडौ – भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस  (रअ) का पूर्व अधिकारीले नेपालमा राजतन्त्र अन्त्य गर्न तत्कालीन नेकपा माओवादीका सुप्रिमो अर्थात् नेकपाका एकजना अध्यक्ष पुष्पकमल दाहालसँग हालेमालो गरेको जनाएका छन्।

रअका तत्कालीन विशेष निर्देशक अमर भुषणले हालै आफ्नो पुस्तक ‘इनसाइड नेपाल’मार्फत यसबारे खुलासा गरेका छन्। भूषणले आफ्नो पुस्तकमा दाहाललाई अन्य दलसँग मिलेर राजतन्त्रविरुद्ध आन्दोलनका लागि सहमत गराउन महŒवपूर्ण समय खर्चेको बताएका छन्।

पुस्तकमा भूषणले सन १९९० मा नेपालमा राजाको प्रत्यक्ष शासन अन्त्य गर्दै संवैधानिक राजतन्त्र स्थापनाका लागि रअले विशेष अप्रेसन सञ्चालन गरेको उल्लेख छ। भूषणले पुस्तकमा रअको पूर्वी व्यूरो प्रमुखको छायाँ नाम जीवननाथ उल्लेख गरेका छन्। उनले राजा वीरेन्दसन अन्त्य गर्न सन १९८९ देखि ०९० सम्म रअको विशेष अप्रेसन सञ्चालन गर्दै त्यसलाई शसक्त बनाउने र गुप्तचरको भर्ना गर्नेलगायतका काम गरेको उल्लेख गरेका छन्।

पुस्तकमा भूषणले नेपालको शसस्त्र आन्दोलनलाई तत्कालीन राजीव गान्धी नेतृत्वको भारतीय सरकारको समर्थन रहेको पनि उल्लेख गरेका छन्। उनले राजा वीरेन्द्रलाई दबाब दिनका लागि विभिन्न चरणमा कूटनीतिक प्रयास भए पनि सफल नभएपछि राजालाई प्रजातन्त्रलाई संस्थागत गर्न दबाब दिन नाकाबन्दीको सहारा लिएको जनाएका छन्।

प्रकाशित मिति: : 2019-09-04 08:16:08

प्रतिकृया दिनुहोस्