'मेरा बा प्रचण्ड'

तस्बिरः सेतोपाटी

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को परिवार अहिले अपूर्ण छ। चारमध्ये प्रचण्डले आफ्ना दुई सन्तान गुमाएका छन्।

२०७० सालको चैतमा प्रचण्डले जेठी छोरी ज्ञानुलाई क्यान्सरका कारण गुमाए। ४० वर्षीया ज्ञानु केसीको स्तन क्यान्सरका कारण अल्पायुमै मृत्यु भएको थियो।

एक मात्र छोरा प्रकाश दाहाललाई पनि प्रचण्डले २०७४ सालको मंसिरमा गुमाए। छोराको मृत्युपछि सम्हालिन नसकेकी प्रचण्ड पत्नी सीता अस्वस्थ रहँदै आएकी छिन्।

उनका दुई छोरी भने यति बेला राजनीतिमा सक्रिय छन्। माइली छोरी रेणु दाहाल भरतपुर महानगरपालिकाकी मेयर छिन्। उनी नेकपामा केन्द्रीय सदस्य छिन्। कान्छी छोरी गंगा प्रचण्डकी स्वकीय सचिव छिन्।

राजनीतिको शिखरमा रहेका प्रचण्डको परिवार पछिल्ला घटनाका कारण खुलेर हाँस्न सकिरहेको छैन। छोरी रेणुका अनुसार दिदी र भाइको अभावले परिवारमा चाडपर्वहरूको उत्साह घट्दो छ।

'चाडवाडमा भाइले सबैलाई नियमन्त्रणा गर्ने, रमाइलो गर्ने गर्थ्यो। घुलिमल हुने स्वभाव थियो। दिदीको पनि बानी त्यस्तै थियो,' रेणु भन्छिन्, 'उहाँहरूको अभावमा खल्लोपन महशुस हुन्छ।’

त्यसो त प्रचण्डमाथि छोरी रेणुलाई साम-दाम-दण्ड-भेद प्रयोग गरेर मेयर बनाएको आरोप छ। तर रेणुसँग भने द्वन्द्वकालमा बुबासँग भेट्न महिनौं समय नपाएको, माध्यमिक शिक्षाभन्दा धेरै पढ्न नपाएको लगायत गुनासाका पोका छन्।

'चार सन्तानमध्ये हामी कसैले पनि माध्यमिक शिक्षाभन्दा धेरै पढ्न पाएनौं। राष्ट्र, जनता र अधिकार भनेर चटक्क पढाई छाडेर हिँडेको हो,' रेणु प्रश्न गर्छिन्, 'अहिले मान्छेहरूले अनावश्यक टिप्पणी गर्छन्। मुलुकका लागि सबै चिज त्यागेर यसरी राजनीतिमा लागेको परिवार कुन छ?’

प्रचण्ड परिवारको राजनीतिक उत्ताधिकारीको रुपमा हेरिएकी रेणुसँग 'बुबाको मुख हेर्ने दिन'को अवसर पारेर सेतोपाटीका सीताराम कोइराला र विवेक राईले चितवन पुगेर पारिवारिक कुराकानी गरेका छन्-

 

प्रकाशित मिति: : 2019-08-30 07:18:46

प्रतिकृया दिनुहोस्