उपाध्यक्षको योजनामा गाउँपालिका अध्यक्षलाई छोरीसहित मार्ने धम्की !

तस्बिरः शिलापत्र

२४ साउनमा महानगरीय अपराध महाशाखाको टोलीले स्वयम्भुको विजेश्वरीबाट दुई जनालाई गोली हानेर नियन्त्रणमा लियो । पक्राउ पर्नेमा रोमछापका ‘लोप्चन लामा’ भनिने मिलन तामाङ र अमृत तामाङ थिए ।

विजेश्वरीको एक रेस्टुरेन्टमा बसेर खाजा खाँदै गरेको सूचनाका आधारमा पक्राउ गर्न हिँडेको प्रहरी टोली देखेपछि भाग्न खोज्दा उनीहरुमाथि प्रहरीले गोली प्रहार गरेको थियो । प्रहरीको गोली लागेर मिलन तामाङ घाइतेसमेत भएका थिए । तामाङको घुँडामा दुईवटा गोली लागेको थियो ।

उनीहरुले एक महिनादेखि रामेछापको लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाई फोनबाट धम्की दिँदै २ करोड माग्दै आएका थिए । नदिए खड्काकी छोरीसहित खड्कालाई गोली हानेर मार्ने धम्की दिदैं आएका थिए ।

तामाङद्वयको बयानले प्रहरी नै चकित

गोली हानेर नियन्त्रमा लिएका तामाङद्वयको बयानबाट प्रहरी नै चकित परेका थिए । उनीहरु दुबै जनाले लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाई फोनबाट धम्की दिँदै २ करोड माग गर्ने योजना गाउँपालिकाकी उपाध्यक्ष, दिपशिखा न्यौपाने दाहाल, वडा नम्बर–७ का वडाअध्यक्ष सुवास बोहोरा र गाउँपालिका अर्का नेकपाका नेता ध्रुव कार्कीको योजना रहेको बयान प्रहरीलाई दिएका छन् ।

प्रकाशित मिति: : 2019-08-26 12:59:43

प्रतिकृया दिनुहोस्