सरकारले जबसम्म सवारीसाधनलाई अनुत्पादक भन्छ, तबसम्म देश बन्दैन : शम्भुप्रसाद दाहाल [ भिडियो अन्तर्वार्ता]

नेपालमा सवारीको इतिहास धेरै लामो छैन। पछिल्लो समय सवारी प्रयोगकर्ताहरुसँगै लगानीकर्ताहरु पनि बढ्दै गएका छन्। वर्षेनी साढे ४ लाखको हाराहारीमा सवारीसाधन भित्रिरहेका छन्। यातायात व्यवस्था विभागको तथ्यांकलाई हेर्ने हो भने अहिले देशभर ३५ लाखभन्दा बढी सवारीसाधन दर्ता भएका छन्। तर, पनि नेपालमा कार चढ्नेको संख्या १ प्रतिशतभन्दा कम रहेको छ। सरकारले सवारीसाधनलाई विलासी साधनको रूपमा लिने गरेको छ भने व्यवसायीहरु सवारीसाधनलाई आवश्यक साधनको रुपमा लिनु पर्ने बताउँदै आएका छन्। सरकारले विद्युतीय सवारीलाई प्राथमिकता दिएकाले आयात बढ्दै गइरहेको छ।

 त्यस्तै नेपालमा सवारी उत्पादन/एसेम्बल गर्ने विषयले पनि पछिल्लो समय बजार तताएको छ। सबै नागरिकलाई सवारीसाधनतर्फ आकर्षित गर्न ठूला चाडपर्वको मुखमा 'नाडा अटो शो २०१९' आयोजना हुँदैछ। विभिन्न सवारी आयातकर्ताहरू तथा उपभोक्ता एकै स्थानमा भेला हुने अवसर नाडा अटो शोले दिँदै आएको छ। यीलगायत अटोमोबाइल क्षेत्रका समस्या तथा नाडा अटो शोमा केन्द्रित रहेर नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष शम्भुप्रसाद दाहालसँग नेपाल लाइभका शिव बोहरा र सविन मिश्रले गरेको कुराकानीः

 'नाडा अटो शो २०१९' सुरु हुँदैछ। यो संस्करणमा उपभोक्ता तथा आगन्तुकले अनुभुति गर्ने नयाँ के आउँदैछ?

विश्वभर विकास भएका नयाँ प्रविधि तथा नयाँ मोडलका सवारीसाधन आउनेछन्। अमेरिका, युरोप तथा एसियाली मुलुकका सवारी उत्पादकले उत्पादन गरेका सवारी तथा प्रविधि नाडा अटो शोमा आउनेछन्। इलेक्ट्रिक सवारी, हाइब्रिड सवारी स्पेयर पार्ट्स सबै एकै स्थानमा हुनेछन्। यसले उपभोक्तालाई एकै स्थानमा धेरै ब्रान्ड मोडल आफैले छोएर अनुभुत गर्न पाउने अवसर प्रदान गर्छ। 

प्रकाशित मिति: : 2019-08-25 18:12:36

प्रतिकृया दिनुहोस्