‘आँखामा पट्टी लगाएर रानीवन लान्थे, रुखमा बाँध्थे र मृत्युदण्ड दिन्छौं भन्थे’

पेस्तोल चोरीका अभियोगमा नेपाल प्रहरीले कारबाही गरेपछि अदालतमा पुगेका एक प्रहरी हवल्दारले करिब तीन दशकपछि सफाइ पाएका छन्। सर्वोच्च अदालतले गरेको फैसलामा गोरखाका खुलबहादुर कुँवर तीन दशकपछि निर्दोष ठहरिएका हुन्।

२०७५ फागुन २३ गते गरेको उक्त फैसलाको सर्वोच्चले हालै पूर्णपाठ तयार गरेको हो। साथै उनलाई क्षतिपूर्ति दिन पनि अदालतको आदेश छ। 
सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले उत्प्रेषण परमादेशमा मागसहित परेको मुद्दामा फैसला गरेको हो।

गोर्खाको पृथ्वीनारायण नगरपालिका–८ ठिङ्गुरेस्वाँराका कुँवरले तत्कालीन जिल्ला प्रहरी विशेष अदालत, काठमाडौं, मध्यमाञ्चल क्षेत्रीय प्रहरी विशेष अदालत पाटन, ललितपुर मुकाम पुनरावेदन सरकारी वकिल कार्यालय र गृहमन्त्रालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।

पीडितको हृदयविदारक वृतान्त

गोरखाका खुलबहादुर कुँवर २०३६ फागुन १ मा नेपाल प्रहरीको जवान पदबाट सेवा प्रवेश गरेका थिए। २०४२ असार ३० मा मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र काठमाडौंमा सरुवा भए उनी। २०४२ साउन १८ गते प्रहरी हवल्दार पदमा बढुवा भएका कुँवरको दरबन्दी तालिम केन्द्रमै कायम भयो।

तर, २०४४ माघ महिना कुँवरको ‘करिअर’मा पूर्णविराम लाग्यो। कोतमा रहेकामध्ये २ थान रिभल्वर कम भएको थाहा पाएपछि कुँवरले नै तत्कालै आफ्नो हाकिम प्रहरी निरीक्षक तुलबहादुर केसीलाई गराएको थिए।

प्रकाशित मिति: : 2019-08-25 18:06:11

प्रतिकृया दिनुहोस्