हिमानीले ‘वान्स मोर’ भन्दा पारस रिसाउनुभो : रामकृष्ण ढकाल

तीन दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा अनवरत क्रियाशील छन् गायक रामकृष्ण ढकाल । नारायण गोपाललाई बिर्साउने गायक भनेर सुरुमा चर्चामा आएका उनले अन्ततः आफ्नो बेग्लै स्थान निर्माण गरे । नेपाली संगीतको जति परिवर्तन आए पनि उनले आफ्नो सुगम संगीतको धार छोडेका छैनन् ।

रामकृष्ण निकै संघर्ष गरेर यहाँसम्म आएका हुन् । बाल्यकालमा गायक बन्ने रहरले घर छोडेर काठमाडौं आएका उनले धेरै हण्डर-ठक्कर खाएका छन् । सगीतप्रेमी गोपाल कर्माचार्यको संरक्षकत्व पाएपछि भने उनको संगीतिक करिअरले नयाँ मोड लिएको हो ।

सयौं हिट गीतहरु दिएका ढकाल पछिल्लो समयमा भने केही सुस्ताएका छन् । बरु केही अपि्रय खालका विवादहरुमा उनी तानिए । गत वर्ष नेपाल आइडलमा अतिथि निर्णायकको रुपमा दिएको प्रतिक्रियालाई लिए उनले एउटा समुदायबाट कडा आरोपको सामना गर्नुपर्‍यो । यसैगरी एउटा सहकारीबाट लोन लिएर नतिरेको भनेर उनको नाममा पत्रिकामा हादै सूचना निकालेको छ ।

अनलाइनखबरले अन्तरवार्ता गरेको दिन संयोगले रामकृष्णको जन्मदिन रहेछ । त्यसै दिन उनी चितवनबाट काठमाडौं फर्किएका थिए ।

रामकृष्णले आफ्नो निजी जीवनका विविध विषयमा अनलाइनखबरसँग खुलेर कुरा गरे । प्रस्तुत अन्तरवार्ताको मुख्य अंश  ः

चितवन किन जानुभएको थियो ?

प्रहरी हिरासतमा रहेको मेरो साथी रवि लामिछानेलाई भेट्न गएको हो । अरु केही प्रयोजन थिएन ।

भेट्न पाउनुभयो त ?

भेटेँ । बिहान ७ देखि ९ बजे र बेलुका ३ देखि ५ को समयमा भेट्न दिइँदो रहेछ ।

हिरासतमा उनको मनोदशा कस्तो पाउनुभयो त ?

त्यस दिन हामीसित कुरा गर्दा ऊ आफू निर्दोष छु भन्नेमा ‘कन्फिडेन्ट’ देखिन्थ्यो । अहिलेचाहिँ आफूलाई असुक्षित महसुस गरेको भन्ने कुरा आएको छ । यो चिन्ताको विषय हो ।

मैले रविसँग ०४८ सालदेखि संगत गरेको हुँ । उसलाई राम्ररी चिनेको/बुझेको छु । राजदरबार हत्याकाण्ड हुँदा हामी दुवैले सँगै एउटै सैलुनमा गएर कपाल मुण्डन गरेका थियौं । अमेरिका जानु अगाडि उ मसित धेरै रोएको थियो । रविले लेखेको एउटा गीत मैले गाएको पनि छु । हामीले धेरै कन्सर्टमा सँगै भाग लिएका छौं ।

प्रकाशित मिति: : 2019-08-25 13:18:39

प्रतिकृया दिनुहोस्