मोदीको वाचापछि पनि अवरुद्ध महाकाली-पञ्चेश्वर

यसै हप्ता काठमाण्डूमा सम्पन्न नेपाल-भारत संयुक्त आयोगको बैठकपछि पश्चिम नेपाल र भारतबीचको सामरिक महत्त्वको सीमा नदी महाकालीमा निर्माण हुने भनिएको बहुचर्चित पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाका काम अघि बढाउने वातावरण तयार भएको अधिकारीहरूले बताएका छन्।

भारतका विदेश मन्त्री एस जयशङ्कर र नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित दुई देशका अधिकारीहरू सहभागी बैठकमा अन्य विषयका अतिरिक्त वर्षौँदेखि चर्चामा रहेको पञ्चेश्वर परियोजनाका बारेमा पनि छलफल भएको बताइएको छ।

बैठकपछि सो परियोजना बारेका विमतिहरू हल गर्न दुवै देशका अधिकारीहरूलाई निर्देशन दिइएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताएका छन्।

बिहीवार संयुक्त आयोगको बैठकले द्वीपक्षीय हितका विषयमा छलफल गर्ने क्रममा "पञ्चेश्वर परियोजनाको बाँकी मुद्दा टुङ्ग्याएर डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) बनाउन दुवै देशका सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिइएको" जानकारी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रतिनिधि सभालाई गराए।

प्रकाशित मिति: : 2019-08-24 10:49:29

प्रतिकृया दिनुहोस्