कस्तो उपचार गराउँदैछन् ओली सिंगापुरमा ?

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे पहिलोपटक औपचारिक जानकारी गराइएको छ। पटक पटक उपचारका लागि विदेश गए पनि प्रधानमन्त्रीले कस्तो स्वास्थ्योपचार गराइरहेका हुन् भन्ने जानकारी सरकार तथा प्रधानमन्त्रीको निजी सचिवालयबाट यसअघि गराइएको थिएन।

प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंहले प्रधानमन्त्री मिर्गौलाको क्षमता बढाउने उपचार गराउन सिंगापुर जान लागेको बताएकी छन्।

डेढ सातामा दोस्रो पटक

ओली पछिल्लोपटक साउन १८ गतेदेखि २७ गतेसम्म सिंगापुरको नेसनल युनिभर्सिटी अस्पताल (एसएनयू) मा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किएका थिए। फर्किएको डेढ सातामा फेरि उनी त्यसतर्फ जान लागेका हुन्।

प्रधानमन्त्री स्वदेश फर्किएलगत्तै कतिपय मिडियामा उनी पुनः सिंगापुर जाने चर्चा चलिसकेको थियो। तर उनको सचिवालयले ओली स्वस्थ रहेको दाबी गरेको थियो।

प्रकाशित मिति: : 2019-08-22 18:45:32

प्रतिकृया दिनुहोस्