काठमाडौं बन्दैछ पार्कमान्डु

चक्रपथबाट बाघभैरव मन्दिर जाने बाटोमै एउटा ढिस्को छ, जुन कीर्तिपुर–१ र १० मा पर्छ । यो त्यही ठाउँ हो, जहाँ गोर्खाली र कीर्तिपुरको फौजबीच तीनपटक युद्ध भएको थियो । यही ढिस्को चढ्न नसकेर पृथ्वीनारायण शाहले दुईपटकसम्म कीर्तिपुरसँग हार्नुपरेको थियो । यही ढिस्कोमा गोर्खाली फौजका तत्कालीन कमान्डर कालु पाण्डेको टाउको काटिएको थियो ।

पहिलो आक्रमणको कमान्ड गरेका पृथ्वीनारायण शाह नै कीर्तिपुरवासीको घेरामा परेका थिए, राजवध गर्न नहुने नियमले मात्र उनलाई बचाएको थियो । भदौ १८२१ को दोस्रो आक्रमणमा गोर्खाली सेनाका कमान्डर शुरप्रतापको आँखा फुट्यो । र, गोर्खाली सैनिक फिर्ता भए । ३ चैत १८२२ मा मात्र गोर्खाले कीर्तिपुरमाथि विजय प्राप्त गर्‍यो । त्यस आक्रमणमा गोर्खाली फौजले यही ढिस्कोलाई कब्जा गरेर कीर्तिपुरलाई नाकाबन्दी गर्‍यो । अनि मात्र विजय हात लाग्यो ।

सोही ऐतिहासिक ढिस्कोमा ‘युद्ध स्मारक पार्क’ निर्माणाधीन छ, जहाँ त्यतिवेलाको युद्ध झल्काउने मूर्ति बनाइएको छ । कीर्तिपुर नगरपालिकाले बनाउन लागेको पार्कमा नेवारी कला र संस्कृति झल्काउने मूर्ति र संग्रहालय राख्ने मेयर रमेश महर्जनको योजना छ । ४५ रोपनीमा बन्ने पार्कका लागि करिब २० करोड रुपैयाँ लाग्ने अनुमान छ । सोही ढिस्कोमा चीनको ग्रेटवाल शैलीमा ठूलो पर्खाल, गढ र किल्लासमेत निर्माण हुनेछन् ।

प्रकाशित मिति: : 2019-08-22 05:01:32

प्रतिकृया दिनुहोस्