कान्ति लोकपथको लगानी, बालुवामा पानी

काठमाडौं : ७५ प्रतिशत काम सकिएको कान्ति लोकपथमा गरिएको लगानी खेर जाने भएको छ। भौगर्भिक अवस्थाको अध्ययन नगरी सडक निर्माण गरिएकाले लगानी खेर जाने अवस्था आएको प्राविधिकहरुले बताएका छन्।

हेटौंडाबाट राजधानी जोड्ने यो सडकमा साढे दुई अर्ब लगानी गरिएको छ। करिव ९० किलोमीटरको यो सडक राजधानी जोड्ने छोटो दूरीको सडकको रुपमा लिइएको छ।

पहिलो भिआईपी महिला स्कटर: प्रधानमन्त्री गिरिजादेखि राष्ट्रपति विद्या भण्डारीसम्म (भिडियोसहित)

'वर्खाको समयमा सडक संचालन हुन सक्दैन्। यो वर्षको बर्खामा पहिरोका कारण सडकमा ३२ करोड रुपैयाँ बराबरको क्षति भएको छ,' कान्ति लोकपथ आयोजनाका इन्जिनियर अमिन्द्र खड्काले भने।

प्रहरीको निगरानीमा सामाजिक सञ्जाल र यूट्यूव, रविका थप ९ सर्मथक पक्राउ

पहिरोको दिगो समाधान नसोचिएका कारण कान्ति लोकपथमा राज्यले गरेको लगानीको सार्थक हुन नसकेको उनले बताए। आयोजनाका अधिकारीले पहिरोको दिगो समाधानका लागि बनेपा-बर्दिवास सडक (विपी राजमार्ग) जस्तै मोडलमा निर्माण गर्नुपर्ने बताएका छन्।

'विपी राजमार्गमा वाल र माथि स्लोव प्रोटेक्सन राखिएकोले पहिरोको समस्या छैन। कान्ति लोकपथलाई विपी राजमार्गकै डिजाइन अनुसार बनाए मात्रै यो सडकमा गाडी गुडाउन सकिन्छ', खड्काले भने।

प्रकाशित मिति: : 2019-08-21 19:27:32

प्रतिकृया दिनुहोस्