सरकारी सुविधा लिनेमा प्रचण्ड परिवारकै १० जना

गणतन्त्र स्थापनापछि सरकारी सुविधा उपभोगका दृष्टिले सबैभन्दा बढी फलिफाप कुनै नेतालाई भएको छ भने त्यो सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´ लाई भएको देखिन्छ।

दाहालका परिवारको एउटा यस्तो वयस्क सदस्य छैनन्, जसले सरकारी सेवा सुविधा नपाएका हुन्। सबैजसो सदस्यले कुनै न कुनै सरकारी सुविधा भोग गरिरहेका देखिएको छ। प्रचण्डको परिवारका ५ जना त नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य छन्।

दाहाल आफैँ सत्तारुढ दलका शक्तिशाली अध्यक्ष हुन्। चितवन–३ बाट प्रतिनिधिसभामा निर्वाचित उनले संसद सचिवालयबाट नियमित सरकारी तलबभत्ता लिन्छन् भने पुर्व प्रधानमन्त्रीको हैसियतमा गाडी, पेट्रोल, डिजल र ड्राइभरको समेत सुबिधा पाउँछन्।

पूर्व प्रधानमन्त्रीहरू मध्ये दाहालमात्रै एक यस्ता नेता हुन्, जसले दुई–दुईवटा सरकारी सवारी मात्रै प्रयोग गर्दैनन्, अगुवा–पछुवा सवारीसहित झन्डै ५९ सुरक्षाकर्मीको सुरक्षा सुविधा पनि लिन्छन्। यति धेरै सुरक्षा सुविधा लिने सम्भवतः तत्कालीन राजाहरू पछाडी दाहाल नै हुन्।

प्रकाशित मिति: : 2019-08-21 18:51:48

प्रतिकृया दिनुहोस्