विष्णुमतिमा सुन खोज्नेहरु

हिउँदमा खोला भन्नु मात्रै हुन्छ, पानी हुँदैन, मुश्किलले बगेको ढललाई विष्णुमति नदी भन्नु पर्छ । बर्खामा पानी सफा त हुँदैन तर बहाव ठूलै हुन्छ । फोहोर नै भए पनि पानी बगिरहेको हुन्छ । यहि विष्णुमति नदीको फोहोर पानीमा आफ्नो सुकिलो जीवनका सपनाहरु खोजिरहेकाहरु भेटिन्छन् ।

काठमाडौँको ढल्कु नजिकै विष्णुमति नदीको बग्दै गरेको फोहोर पानीमा निकै ध्यान लगाएर केही खोजिरहेका छन् सोम तामाङ्ग । उनीभन्दा केही माथि अरु दुईजना छन् र तलतिर तीनजना उस्तै ध्याउन्नमा छन् । उनीहरु विष्णुमति नदीको पानीमा आँखा गाडिरहेका छन् । किनारको सडक हुँदै हिँड्ने केही बटुवाको नजर उनीहरुमाथि पर्छ तर अडिँदैन ।

प्रकाशित मिति: : 2019-08-21 10:09:51

प्रतिकृया दिनुहोस्