सम्पत्ति हस्तान्तरणमा 'ठूलो कर' : अर्थमन्त्री खतिवडाको 'कोरा आदर्श'बाट कोको हुँदैछन् सिकार?

काठमाडौं : पैतृक सम्पत्ति हस्तान्तरणका क्रममा 'ठूलै दर'मा कर लिने नीतिगत तयारी गरेपछि अर्थमन्त्री डाक्टर युवराज खतिवडा विवादमा तानिँदैछन्। बलियो सरकारका बलिया अर्थमन्त्री बनेका खतिवडाले मुलुकको आर्थिक तस्बिरमा तात्विक परिवर्तन ल्याउन नसकिरहेकै अवस्थामा आर्थिक-सामाजिक क्षेत्रलाई नै तरङ्गित बनाउनेगरी सम्पत्ति पुस्तान्तरमा 'कडा कर'को तयारी थालेका हुन्।

टेक्नोक्र्याट अर्थमन्त्री खतिवडाले पैतृक सम्पत्ति हस्तान्तरणमा कर लगाउने बारे ‘कोर ग्रुप’सँग प्रारम्भिक तहको छलफल गरिसकेका छन्। लगानीको वातावरण सिर्जना गरेर आर्थिक समृद्धिको बाटो तय गर्नुको साटो जनतासँगबाटै असुल गर्ने रणनीति लिएका उनी यसमा सफल भए भने के हुन्छ?

उनले थालेको छलफलले निजी क्षेत्र सबैभन्दा बढी आतंकित भएको छ। आफ्नो अडानमा टिकिरहने शैलीका कारण यो नीति कार्यान्वयनमा आउने सम्भावना छ। आफ्नो ढिपीमा कायम रहने अर्थमन्त्रीको स्वभाव बुझेका व्यवसायिक घराना यतिखेर दोमनमा छन् - थप लगानी गर्ने या नगर्ने?

प्रकाशित मिति: : 2019-08-20 20:01:58

प्रतिकृया दिनुहोस्