सामाजिक सञ्जाल छाड्ने कि चलाउने?

लोकतन्त्र स्वतन्त्र इच्छामा आधारित शासन व्यवस्था हो। हामीले स्वतन्त्र इच्छापूर्वक दैनिक जीवनमा यावत् कुरा गर्छौं। तीमध्ये सामाजिक सञ्जाल लगायत नयाँ प्रविधिको उपयोग पनि हो। हाम्रो इच्छाविपरीत कसैले पनि तिनबाट छुटाउन सक्दैन, छुटाउने अवस्था हुनु हुँदैन। सरकार वा कुनै संस्थासँग त त्यस्तो अधिकार हुनै हुँदैन।

तर त्यसको अर्थ बजारमा उपलब्ध हरेक नयाँ वा पुराना प्रविधि उपयोग गर्नैपर्छ भन्ने छैन। के अपनाउने, के छाड्ने? यो हाम्रो स्वतन्त्र इच्छाको विषय हुनुपर्छ। हाम्रा जुनसुकै निर्णय सुसूचित भएर लिएको हुनुपर्छ। सामाजिक सञ्जालमा रहिरहने वा छाड्ने विषयमा स्वतन्त्र इच्छापूर्वक निर्णय गर्न जस्ता सूचना आवश्यक हुन्छन्, हाम्रो परिवेशमा तिनको अभाव पूर्ति गर्ने सानो प्रयास हो यो लेख।

प्रकाशित मिति: : 2019-08-20 19:29:18

प्रतिकृया दिनुहोस्