‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
सनीराज शाक्य
२ किलो ६५४ ग्राम कोकिनसहित काठमाडौंबाट तीन जना विदेशी महिला पक्राउ परेका छन्।
पक्राउ पर्नेमा २ जना युगान्डाकी ४४ वर्षीया केभिना मुगाला, लिलियन सुशान वानयेन्जे र भारतीय महिला ३३ वर्षीया देवाजनी पाल रहेका छन्।
उनीहरूलाई विभिन्न मितिमा पक्राउ गरी लागु औषध ब्युरोले बिहीबार सार्वजनिक गरेको हो।
वैशाख ३० गते कतार एयरवेजबाट काठमाडौँ आएकी मुगालामाथि लागु औषध नियन्त्रण ब्युरोबाट विमानस्थलमा खटिएका प्रहरी टाेलीले शङ्का गरेकाे थियाे।
प्रहरी अस्पतालमा लगेर चेकजाँच गर्दा उनले लागु औषध कोकिन निलेर आएको पुष्टि भएकाे ब्यूराेका एसएसपी गोविन्द थपलियाले बताए। उनको पेटबाट ९० वटा कोकिनका क्याप्सुल निकालिएको छ।
प्लाष्टिकले प्याक गरी निलेर ल्याइएको अवस्थामा फेला पारिएको कोकिन जोख्दा १ किलो २६० ग्राम पाइएको उनले बताए।
त्यसैगरी लिलियन सुसन वेनेन्जलाई धोबिचौरबाट पक्राउ गरिएको थियाे। उनको सुटकेशभित्र स्निकर चकलेटमा लुकाइछुपाइ राखिएको ६३ वटा प्लास्टिकले प्याक गरिएको कोकिनका क्याप्सुल भेटिएको थियो। जोख्दा उक्त कोकिनको परिणाम १ किलो ३९४ ग्राम पाइएको थपलियाले बताए।
अनुसन्धानकै क्रममा उक्त कोकिन लिन आउने भनिएकी देवाजनीलाई धोबीचौरकै अर्को होटलबाट पक्राउ गरिएको थियाे।
बरामद गरिएको कोकिनको परिमाण २ किलो ६५४ ग्राम रहेकाे छ। उक्त काेकिनकाे अवैध बजार मूल्य सात करोड ९६ लाख रहेको छ।
कोकिन बाेकेर ल्याएका युगान्डाका महिलालाई २ हजार डलर र भारतीय महिलालाई २० हजार भारु दिने सर्त रहेको एसएसपीले बताए।

‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया