पुडासैनीको भिडियोकै आधारमा आत्महत्या दुरुत्साहन भन्न मिल्दैन : रेवतीरमण भण्डारी [भिडियो]

काठमाडौं– सञ्चारकर्मी शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा टिभी प्रस्तोता रवि लामिछानेसहित तीन जना अहिले चितवन प्रहरीको हिरासतमा छन्। 

लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता कार्कीविरुद्ध पुडासैनीका परिवारले आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै किटानी जाहेरीसमेत दिएका छन्। आज मंगलबार मात्रै दोस्रो पटक लामिछानेसहित तीनैजनालाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न चितवन जिल्ला अदालतले आदेश दिएको छ। 

गत वर्षको भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिताको दफा १८५ अनुसार कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन नहुने वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न नहुने उल्लेख छ। कसैले यस्तो कसुर गरेमा ५ वर्षसम्म जेल र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। तर कस्तो अवस्थालाई आत्महत्या दुरुत्साहन गरेको मानिने भन्ने प्रस्ट व्याख्या नहुँदा दफा १८५ विवादमा रहँदै आएको छ। पुडासैनीको भिडियोको आधारमा आत्महत्या दुरुत्साहनको अभियोगमा लामिछानेसहित ३ जना प्रहरी अनुसन्धानमा थुनामै छन्। 

कतिपयले पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि बनाएको भिडियो 'डाइङ डिक्लेरेसन' भएकाले आत्महत्या दुरुत्साहन मुद्दा आकर्षित हुनुपर्ने तर्क गर्दै आएका छन्। कतिपयले भने आत्महत्याअघि आफैले समय निकालेर बनाएको भिडियोलाई 'डाइङ डिक्लेरेसन' मानेका छैनन्।

प्रकाशित मिति: : 2019-08-20 19:20:04

प्रतिकृया दिनुहोस्