कहाँ अल्झियो चिनियाँ रेल ?

काठमाडौं । दोस्रो कार्यकालमा प्रधानमन्त्री नियुक्त हुनुभन्दा ठीक दुई महिनाअघि तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी ओली  आफ्नो दलबलसहित रसुवागढी पुगेर माथि कतै डाँडामा हेर्दै गरेको तस्बिर उनको निजी सचिवालयले सार्वजनिक गरेको थियो ।  त्यो समयमा निकै सांकेतिक र रणनीतिक अर्थ राख्ने सो  तस्बिरको भाव हेर्दा ओलीले त्यतिबेला ‘ऊ त्यही डाँडाबाट रेल ल्याउने हो’ भने जस्तै देखिन्थ्यो । हुन पनि उनले त्यसैगरी सहजै चिनियाँ रेल नेपाल आउने बताउँथे ।

उनी २०७४ फागुन ३ गते दोस्रोपटक प्रधानमन्त्री भएका हुन् । रसुवागढी गएको मिति २०७४ पुस ४ गते थियो । त्यतिबेला भर्खरै एमाले–एनेकपा माओवादी गठबन्धनले चुनाव जितेको अवस्था  थियो । ओली हतार हतार त्यहाँ गएको प्रसंगमा त्यतिबेला कतिपयले ‘कसैलाई देखाउनका लागि गएका होलान्’ भनेर टिप्पणीसमेत गरेका थिए । त्यो ‘कसैलाई’ भन्ने संकेत छिमेकी भारततर्फ थियो ।  कसैलाई देखाउन हो कि के हो त्यो त्यतिबेलाको भ्रमण दलले नै जानोस् । 

तर, आफ्नै भूभागमा गएर योजनाबारे सोच्न नपाउने भन्ने कुरा पनि थिएन र, होइन । त्यसलाई अन्यथा मान्ने कुरै हुँदैन । त्यसअघिका अधिकांश चुनावी भाषणमा चीनसँगको नाका खोल्नुपर्नेमा जोड दिँदै आएका ओली रसुवागढी नाकाको अवलोकनपछि त्यतिबेला टिमुरेमा आयोजित एक कार्यक्रममा पनि सहभागी भएका थिए । 
उनले त्यतिबेला रसुवागढी नाकालाई अन्तर्राष्ट्रिय नाकाको रुपमा विस्तार गरिने समेत बताएका थिए । उनले अब बन्ने सरकारले  रसुवागढी–काठमाडौ–पोखरा हुँदै लुम्बिनी जोड्ने रेलमार्गलाई पहिलो प्राथमिकतामा राख्ने समेत त्यतिबेला बताएका थिए । 

प्रकाशित मिति: : 2019-08-20 10:50:17

प्रतिकृया दिनुहोस्