 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                ईश्वरी राई (इशु)
वि.स. २०५९ सालतिर तत्कालीन माओवादीको बिगबिगी थियो। गाउँ त्रासले भरिएको थियो। त्यहीँ डरको कारण बिरक्तिएकी उनी भाइलाई भेट्न काठमाडौँ आइन्। भाइलाई उनले आफ्नो दुःख सुनाइन्।
दिदीको कुरा सुनेका भाइले उनलाई काठमाडौंमै बसेर व्यापार गर्न सुझाव दिए। उनलाई भाइले बूढानिलकण्ठ मन्दिरअगाडि बिक्रीमा रहेको मिठाइ पसल किन्न सुझाए। भाइको कुरा मानेकी रेखाले पनि पसल निल्यालिन्। र त्यहीँ ठाउँमा पसल गर्ने सोच बनाइन्।
उनीसँग पसल खोल्ने लगानी नभएपनि आँट थियो। त्यसैले उनीले भाइसँग पाँच हजार रूपैयाँ सापटी मागेर पसल बैना गरेर बर्दिया फर्किइन्।
गाउँ पुगेकी उनले श्रीमान्लाई सबै कुरा सुनाइन्। तर उनलाई साथ दिनुको सट्टा श्रीमान्ले ‘तँ बौलाइस्’ भन्दै कराउन थाले।
हक्की स्वभावकी थिइन्, रेखा शर्मा चौधरी। त्यसैले त काम गर्ने हुटहुटी भएकी उनी घरमा विद्रोह गरेर काखे छोरा च्यापेर काठमाडौं लागिन्।

तीन वटी छोरी र छोराका साथ काठमाडौं आएकी उनले बूढानीलकण्ठ मन्दिर अगाडि मिठाइ पसल सुरू गरिन्।
छोराछोरीलाई काठमाडौंमा उच्च शिक्षा दिलाउने सपना बुनेर बर्दियाबाट काठमाडौं छिरेकी उनी छोरालाई पिठ्यूमा बोकेर सेल, लड्डु र जेरी पकाउँथिन्। त्यहीँ मिठाइ खानका लागि उनीकहाँ ग्राहकको घुइँचो लाथ्यो।
‘मैले छोराछोरीका लागि धेरै दुख गरेँ। उनीहरूलाई पढाउनका लागि मैले एक वर्षमा मात्र दुई वटा मेक्सी फेरेँ’ उनी भन्छिन्, ‘मलाई आफ्नो भन्दा धेरै छाेराछाेरीहरूकाे चिन्ता थियाे।’
आफूले गरेको मिठाइ पसलबाट खुसी थिइन्, रेखा। उनले त्यहीँ पसलबाट राजधानीमा एउटा घर ठड्याइन् र छोराछोरीलाई उच्च शिक्षा दिइन्।
राम्राेसँग बितिरहेकाे थियाे, रेखाकाे जीवन। तर कामको चापले विस्तारै उनलाई मधुमेह, प्रेसर लगायत समस्या देखिन थाल्यो। जसकारण उनले १३ वर्षपछि मिठाइ पसल बेचिदिइन्।

आफूलाई भएकाे समस्याका कारण उनी आत्तिन थालिन्। ‘मलाई भएकाे समस्याका कारण अब धेरै बाँच्न सक्दिनँ जस्ताे लाग्याे, त्यसैले पसल बेचिदिएँ।’ उनले भनिन्।
१३ वर्ष चलाएकाे मिठाई पसल बेचिसकेपछि उनले सोच्न थालिन्, ‘एउटा घर बनाइहालेँ, अब आनन्दसँग बस्छु।’ तर मेहनत गर्ने बानी परिसकेकी रेखा कामै नगरी बस्न कहाँ सक्थिन् र! काम गर्न नपाएकाे कारण घरमै छटपट्याउन थालिन्, रेखा। ‘मलाई घरमै बसिरहँदा धेरै छटपट्टी भयो’ उनले भनिन्।
काम गर्न नपाएर तड्पिएकी रेखाले बबरमहलको प्रविधि तथा गुण नियन्त्रण विभागमा महिलाहरूका लागि विभिन्न तालिम दिइरहेकाे खबर पाइन्। उनले त्यहीँ तालिम लिनका लागि फर्म भरिन्। र कोटामा नाम निकाल्न सफल भइन्।
उनले २०७४ मा खाद्य विभागमा अचार बनाउने दस दिने तालिम लिइन्। त्यहीँ उनले क्यान्डी, बिस्कुट, पनिर र अचार बनाउन पनि सिकिन्।
विभिन्न कुराकाे तालिम लिएकी रेखाकाे चासाे भने अचारतर्फ बढ्यो। अचार बनाएर आत्मनिर्भर बन्ने दृढ लिएकी उनले अचार उद्यमीहरूसँग आफूलाई सिकाउनका लागि गुहार मागिन्। तर कसैले उनलाई पत्याएनन्।
 ‘मैले अचार उद्यमी दिदीहरूसँग अचारको रेसिपी सिकाइदिनु भनेर धेरै गुहार गरेँ तर मलाई कसैले सिकाउनुभएन। उहाँहरूले मेरो कुरालाई वेवास्ता गरिदिनुभयाे’ बिएल नेपाली सेवासँग कुराकानी गर्दै उनले बताइन्।
‘मैले अचार उद्यमी दिदीहरूसँग अचारको रेसिपी सिकाइदिनु भनेर धेरै गुहार गरेँ तर मलाई कसैले सिकाउनुभएन। उहाँहरूले मेरो कुरालाई वेवास्ता गरिदिनुभयाे’ बिएल नेपाली सेवासँग कुराकानी गर्दै उनले बताइन्।
उद्यमी महिलाहरूले अचार बनाउन नसिकाएपछि उनले खाद्यकी म्यामसँग सीप सिक्ने निधो गरिन्। ‘एकजना वरिष्ठ म्याम हुनुहुन्थ्यो, उहाँलाई म तालिम सिक्न चाहन्छु भनिसकेपछि उहाँको माध्यमबाट मैले स्पेशल कोर्स सिकेँ’ उनले भनिन्।
र तालिम लिएकाे ६ महिनापछि उनले आफ्नै अचार उद्योग ‘रिक फुड उद्योग’ सुरू गरिन्। उद्याेग खाेल्नका लागि उनले धेरै संघर्ष गर्नुपर्याे।
नाक, कानकाे सुन र घाँटीमा लगाएकाे मङ्गलसुत्र नै बेच्नुपर्याे। ‘मङ्गलसुत्र बेच्नु हुँदैन थियाे तर मैले व्यापार गर्नका लागि सबै गरगहना बेचिदिएँ’ उनले सुनाइन्।
अचारको व्यापार सुरू गर्न खाेज्दा आफन्तहरू कसैले नपत्याएकाे उनलाई अझै याद छ। ‘मैले अचारकाे व्यापार गर्नका लागि मेरा आफन्तहरूसँग कुरा गरे बैंक ध्याएँ तर सफल भइनँ। त्यसपछि मैले आफूले लगाएको गरगहना बेचेर ३ लाख ५० हजार लगानी गरेर उद्योग खोलेँ’ उनले सुनाइन्।

उद्याेग खाेलिसकेपछि उनले अमलाकाे क्यान्डी, मिक्स अचार, मस्यौरा र गुन्द्रूक बनाउन थालिन्। व्यापारमा नाफा घाटा हुने बताउँदै उनी भन्छिन्, ‘सुरूवाती दिनहरूमा कति अचार बिग्रिए, कति त बिक्री नै भएन। तर हार कहिले खाइनँ।’
उनीकहाँ घरायसी स्वादकाे अचार पाइने भएकाेले विस्तारै उनलाई खाेज्ने मान्छेकाे संख्या पनि बढ्दै गयाे। ग्राहकहरू ‘रेखा दिदीकाे अचार’ खाेज्दै आउन थाले। अहिले उनकाे अचारकाे ‘डिमान्ड’ स्वदेशमा मात्र नभइ विदेशमा पनि उत्तिकै छ।
‘मैले बनाएको अचार अमेरिका, अस्ट्रेलिया, जापान, यूके, बेल्जियम, दुबई, हङकङलगायत १० ठाउँमा पुग्छ,’ उनी भन्छिन्, ‘उहाँहरूले पनि रेखा दिदीले बनाएको अचार मिठो छ भनेर फोन गर्नुहुन्छ, त्यतिकैमा खुसी छु।’
आफूले गरेको काम देखेर सन्तृष्ट रहेकी रेखाकी जेठी छोरी अमेरिकामा छिन्, कान्छी छोरी नेपालमै सी.ए अध्यनरत छिन् र कान्छा छोरा स्कुल पढ्दैछन्। ‘मैले एक्लै दुख गरेर छोराछोरीलाई पढाएँ। यहीँ कुरामा म धेरै खुसी छु’ उनले भनिन्।
एउटा खुर्सानीको अचार बनाउनका लागि उद्यमीहरूसँग गुहार मागेकी रेखा अहिले २२–२३ परिकारको अचार बनाउन माहिर छिन्।
उनी भन्छिन्, ‘मलाई ती दिदीहरूले केही नसिकाएपनि म इच्छुक दिदीबहिनी तथा दाजुभाइहरूलाई तालिम सिकाउनेछु। जीन्दगीको केही छैन भर, त्यसैले आफूले जानेका कुराहरू सिकाएरै मर्नेछु। पछि म मरेपनि मेरा नाम उहाँहरूले याद राखिरहनु हुनेछ।’

अचारका साथै उनले माैरी पालन पनि गरिरहेकी छिन्। जसका लागि उनले दुई जना कर्मचारीलाई दाङ पठाएकी छन्। र १२ जना कर्मचारीलाई उनले रिक फुड उद्याेगमा खटाइरहेकी छन्।
‘रेखा दिदीको अचार’ भनेर चिनिने उनले अहिले साढे सात हजारभन्दा बढी जनालाई तालिम दिइसकेकी छिन्। एक जनालाई तालिम दिएबापत उनी हजारदेखि पन्ध्र सयसम्म शुल्क लिन्छिन्। तर दुख पाएका महिलालाई उनी निशुल्क तालिम सिकाइदिन्छिन्।
‘कोही दुख पाउनुभएको दिदीबहिनीहरू तालिम सिक्न आउनुभयो भने उहाँहरूसँग म शुल्क लिदिनँ। मलाई उहाँहरूको माया लाग्छ’ उनी भन्छिन्, ‘मैले दुख पाएको दिन सम्झिन्छु र उहाँहरूसँग शुल्क लिदिनँ।’
गरगहना बेचेर अचार पसल सुरू गरेकी रेखाकाे अहिले वार्षिक काराेबार डेढदेखि तीन कराेडसम्म छ। उनी भन्छिन्, ‘अहिले मैले कसैकाे अगाडि हात थाप्न पर्दैन।’
२०२१ की उत्कृष्ट महिला उद्यमी बनिन् रेखा
आफूले गरेको संघर्षका कारण उनी २०२१ की उत्कृष्ट महिला उद्यमी घोषित भइन्। तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनबाट उनी पुरस्कृत भएकी थिइन्। संघर्ष गरेर पाएकाे अवार्ड लिइरहँदा उनले आमालाई धेरै सम्झिइन्।

‘त्याेबेला मलाई आमाको धेरै याद आयो, मेरो प्रगति देख्नुभएको भए मेरी आमा कत्ति धेरै खुसी हुनुहुन्थ्यो’ स्वर्गीय आमालाई सम्झिएर भावुक बनेकी उनले भनिन्, ‘आमा गुमाएपछि थाहा भयो, आमाले सन्तानलाई कति माया गर्नुहुन्छ भन्ने कुरा।’
संसारमा आमा र सीपबाहेक आफ्नो कोही नहुने बताउँदै रेखा भन्छिन्, ‘सन्तानलाई आमाले जस्तो निस्वार्थ प्रेम कसैले गर्दैन।’ उपराष्ट्रपतिबाट अवार्ड लिन सफल भएकी उनलाई आमाकै कारण आफू सफल भएको सुनाउँछिन्।
‘आमाले सानैदेखि गाली गरेर काम लगाउनु भएकै कारण म अहिले सफल भएँ, यदी मेरी आमाले मलाई काम नसिकाउनु भएको भए म मेहनती हुदिनँ थिएँ। त्यसैले म सफल हुनुको कारण मेरी आमा पनि हुनुहुन्छ’ उनले सुनाइन्।
रेखाले गरेको त्यो संघर्ष
दाङको घोराहीमा २०३० सालमा जन्मिएकी रेखाले सानै उमेरमा ‘चौधरी’ समुदायका व्यक्तिसँग विवाह गरिन्।
विवाह गरेर बर्दिया पुगेपछि उनको जीवन सोचेजस्तो भएन। माइतीघरमा नगरेको काम उनले श्रीमानको घरमा गरिन्।
घरकाे काममा उनी धेरै दुख गर्थिन् तर कहिल्यै सुख पाइनन्। दिनभरि घरको काममा व्यस्त हुन्थिन्, रेखा। साँझपख प्रौढ शिक्षा पढाउन सुरू गर्थिन्।
 ‘एसएलसी’ सम्मको अध्ययन पूरा गरेकी उनले बर्दियामा प्रौढ शिक्षा पढाउन थालिन्। जसबाट उनले मार्सिक पन्ध्र सय रूपैयाँ कमाउँथिन्। र  त्यहीँ पैसाबाट उनले आफ्नो खर्च जुटाएकी थिइन्।
‘एसएलसी’ सम्मको अध्ययन पूरा गरेकी उनले बर्दियामा प्रौढ शिक्षा पढाउन थालिन्। जसबाट उनले मार्सिक पन्ध्र सय रूपैयाँ कमाउँथिन्। र  त्यहीँ पैसाबाट उनले आफ्नो खर्च जुटाएकी थिइन्। 
‘एसएलसीसम्मको पढाइ पूरा गरेकी थिएँ, जुन मलाई प्रौढ शिक्षा पढाउन काम लाग्यो’ उनले भनिन्, ‘दिनभरि घरको काम गथेँ, त्यसपछि साँझ प्रौढ शिक्षा पढाउथेँ, त्यसैले त मैले मेरो सबै खर्च उठाएकी थिएँ।’
गाउँमा दुख थियो। न राम्रो खान पाइथ्यो न त लगाउन नै। सोही कारण त उनी छोराछोरीको भविष्यका लागि काठमाडौं हानिइन्।
सन्तानलाई काठमाडौं ल्याएर उच्च शिक्षा दिन सफल भएकी रेखा दिदीकाे अब एउटै सपना छ, त्याे हाे बाँच्नुन्जेल महिलाहरूलाई सीप सिकाएर आत्मनिर्भर बनाउने।
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया