क्रेटिनाइन र प्रोटिन बढी देखिनु मिर्गौलामा असर भएको संकेत

काठमाडौं : पुन स्वास्थ्य परिक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओली पुन: सिंगापुर जान लागेका छन्। यसअघि १० दिन लामो उपचार गरेर स्वदेश फर्केका  प्रधानमन्त्री ओली पुन सिंगापुर जान लागेका हुन्। यसपटक पनि यसअघि उपचार गरिएको नेशनल युनिभर्सिटि अस्पताल सिंगापुरमा प्रधानमन्त्री ओलीको उपचार हुने बताइएको छ। यो अस्पताल विश्वमै अंग प्रत्यारोपण गर्न र प्रत्यारोपण  गरेका बिरामीको उपचारका लागि प्रख्यात मानिन्छ। यसअघि, प्रधानमन्त्री ओली गत साउन १८ गते स्वास्थ्य परिक्षणका लागि सिंगापुर गएका थिए। साउन १९ देखि एकसाता उनी अस्पतालमै रहेका थिए। पूर्वनिर्धारित समयभन्दा एक दिन ढिलो गरेर प्रधानमन्त्री साउन २७ गते काठमाडौं फर्किएका थिए। १२ वर्षअघि मिर्गौलामा समस्या देखिएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा एक महिनायता लगातार समस्या देखिइरहेको छ। पछिल्लो समय स्वास्थ्यमा समस्या झेलिरहेका प्रधानमन्त्री ओलीको लगातार रगतमा क्रेटिनाइन र प्रोटिन बढी रहेको चिकित्सकहरूले बताउँदै आएका छन्।

प्रकाशित मिति: : 2019-08-19 18:02:42

प्रतिकृया दिनुहोस्