उनको छातिमा प्रष्ट एउटा ट्याटु देखिन्छ। जहाँ लेखिएको छ– स्वतन्त्र। उनले मनलाई स्वतन्त्र राख्छु भनेर सो ट्याटु खोपाएकी हुन्। ट्याटु उनको रहर पनि हो।
महिला भएर यस्तो रहर पाल्नु नन्दु ज्ञवाली जन्मिएको समुदायमा पाप कहलिन्छ। अभिशाप नै मानिन्छ। त्यसैले उनले आफ्नो यो रहरलाई धेरै वर्ष दबाएर राखिन्।
रंगुन, म्यानमार (बर्मा) को ब्यापरिक राजधानी हो। यो सहरको यात्रासँगै उनले सन् २०१७ (२२ वर्षको उमेरमा) मा आफ्नो रहर पनि पूरा गरिन्। अर्थात् उनले महिलाका लागि समाजले बर्जित गरेको रहर पुरा गरिन्।
***
दक्षिण एसियाली मुलुक बर्मासँग नेपालको साइनो सदियौँदेखि रहिआएको छ। त्यहाँ नेपाली गोर्खालीको रुपमा परिचित छन्। बौद्ध धर्ममा आस्था राख्ने बर्मेलीका बीच गोर्खालीहरु पनि मिलेर बसेका छन्। दुवैको सामाजिक जीवनमा थुप्रै समानता छन्।
उनी नेपाली भाषी समुदाय रहेको बर्माको सानो गाउँमै जन्मिएकी हुन्। त्यही हुर्किइन्। उनका जिजुबाजे नेपालबाट बर्मा गएका थिए। अहिले उनी त्यहाँ तेस्रो पुस्ताकी नेपाली भाषी हुन्। जो बर्मेली समाजलाई आफ्नो जन्म र कर्मथलो बनाएर अघि बढिरहेकी छिन्।
नन्दुको जीवन भने अन्य नेपालीभन्दा फरक छ। आखिर के कुरामा त?