रणहार : एक निस्पृह राजाको दु:खान्त

गतवर्ष प्रकाशित इतिहास-आख्यान 'रणहार' हल्लाखल्ला र चर्चा-परिचर्चाको भिडमा मिसिएन। ठ्याक्कै यसका लेखक योगेश राज जस्तै। 

इतिहासका अनुसन्धाता योगेश राज सहरमा देखिइरहने, किताब विमोचनमा झुल्किइरहने र चिया पसलमा गफ जोतिरहने लेखक होइनन्। गुपचुप रहेरै उनी गहकिला पुस्तक दिइरहन्छन्। उनकै पुस्तक 'रणहार' २०७५ सालको मदन पुरस्कारका लागि योग्य ठहरिएको छ।

१५१ पृष्ठको छरितो पुस्तकले भक्तपुरका अन्तिम राजा रणजित मल्लको दुर्बलता, गोर्खाका राजा पृथ्वीनारायण शाहका सिपाहीसँगको आत्मसमर्पण र उनको काशी यात्रालाई देखाउँछ। लालित्यपूर्ण भाषाका कारण ऐतिहासिक उपन्यास रोचक बनेको छ। पढिरहँदा केही छुटेजस्तो केही नपुगेजस्तो भने पाठकलाई भई नै रहन्छ।

गोर्खाली राजा पृथ्वीनारायण शाहको उपत्यका हमलापछि कान्तिपुरका राजा जयप्रकाश मल्ल र पाटनका राजा तेजनरसिंह मल्ल भक्तपुर दरबारमा शरणका लागि पुग्छन्। तीन पटकको आक्रमणमा कीर्तिपुर विजय गरेपछि गोर्खाली राजामा उपत्यकाका तीनै राज्य कब्जा गर्ने साहस बढ्छ भने काठमाडौं, ललितपुर र भक्तपुरका मल्ल राजामा हतासा। 

प्रकाशित मिति: : 2019-08-19 17:36:11

प्रतिकृया दिनुहोस्