मिमबहादुर परियार
तिम्रो सहरमा सहेर
लडाइँ लडेको धेरै भयो
खुसीसँग पराजित भएर
दुखसँग हातेमालो गरेको
हिजो जस्तै लाग्छ।
कति रात भाेकभाेकै लडेँ
तारा गन्दै छाक टारेँ
तिमी सम्झेँर कति तिर्खा मेटाएँ
यादकाे सिरानीमा कैयौं रात बिताएँ
चिसो सिरेटाेलाई छेक्न तिम्रो स्पर्श सम्झिँएकाे
आज जस्तै लाग्छ।
ती सुकुमार हातका स्पर्श अझै जीवित छन्
सम्झिँदा मन भर्खरै फुरुङ हुन्छ
उड्छु, तिम्रो बिमानमा सयर गर्छु
उडान भर्छु सामिप्यताका पंखा जाेडेर
अवतरण गर्छु आफ्नो ठानेर।
बेलाबेला झँस्किन्छु मध्यरातमा
तिम्रो यादले उठाउँछ सताउँछ
एकछिन रमाउँछु, भुल्छु
याे अभाव, सडक, पीर, सबै।
तिम्रा यादले
त्यो सुकुमार मुहारले
एकछिन ममाथि विजय हासिल गर्छ
क्षणभरमै राजा बनाउँछ
वर्तमानले धरातल समझाउँछ
बिझ्याउँछ, एक्लो रुखाे निरश।
बेलाबेलामा म तिमीलाई डाँक्छु
माया–माया भन्दै चिच्याँउछु, रून्छु
भाैतारिन्छु, तिम्रा झुटा वाचासँग ठाेकिन्छु
सम्झिँन्छु त्यो पीडा बेदना।
तर, याे पापी मन मान्दैन
साथ चुडिएकाे, हात छुट्टिएकाे
मन कुडिएकाे
आँखा भरिएको भुल्दै
तिमी हिँड्ने गल्लीमा दिनहुँ कुरेर बसेको छु।
याे सहर तिमी जस्तो रहेछ
विशुद्ध नसुन्ने नसम्झिँने
जति रुदाँ कराउँदा नि नसम्झिँन
बिरानो ठान्ने तिमी जस्तो।
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार
'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा
उडायो सपना धेरैको बाहुबली 'बालेन बेग'ले
सुशीलाले सुसेलेका चुनावी सुसेलीहरू
मेरी वृद्ध आमाको हातमा बजिरहेको इशाराको घण्टी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया