नेपाल-भारत संयुक्त बैठक, के-के छन् छलफलका एजेण्डा ?

काठमाडौं । नेपाल भारत संयुक्त आयोगको बैठकमा वाणिज्य र पारवहन सन्धी पुनरावलोकनको विषयमा छलफल हुने भएको छ । बुधबारबाट सुरू हुने नेपाल-भारत संयुक्त आयोगको बैठकमा सो विषयमा पनि छलफल हुने परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए । 

परराष्ट्रमन्त्री ज्ञवालीले मन्त्रालयमा पत्रकार सम्मेलन गरी बैठकका एजेण्डा र तयारीका बारेमा सोमबार जानकारी गराएका हुन् । नेपालमा हुन लागेको आयोगको पाँचौं बैठक दुई दिनसम्म चल्नेछ । बैठकमा मुख्यगरी पाँचवटा एजेण्डामा छलफल हुने बताइएको छ । राजनीति, सुरक्षा र सीमा, कनेक्टिभिटी, उर्जा र जलस्रोत र संस्कृति र शिक्षाका एजेण्डा बैठकका लागि निर्धारण गरिएको मन्त्री ज्ञवालीले जानकारी दिए । उनका अनुसार बैठकमा दुई पक्षीय मामिलाका सबैजसो विषयमा छलफल हुनेछ । आर्थिक साझेदारी, व्यापार, पारवहन र अन्य दुई पक्षीय हितका विषयमा पनि बैठकमा छलफल हुनेछ ।

प्रकाशित मिति: : 2019-08-19 17:25:26

प्रतिकृया दिनुहोस्