बलात्कृत बालिकाबाट जन्मिएको शिशु ११ लाखमा बेच्ने प्रयास

नेपाल बाल संगठनका निर्देशक बालकृष्ण डंगोलले बलात्कृत बालिकाबाट जन्मिएको शिशुको बिक्री गरेको प्रहरी अनुसन्धानबाट खुलेको अनुसन्धान अधिकृतहरुले बताएका छन् ।

बालिका बेचविखनको आरोपमा काठमाडौं प्रहरी परिसर, टेकुले डंगोलसँगै बेलायती नागरिक डोना स्मिथ, डंगोल र स्टाफ नर्स निर्मला मगरलाई पक्राउ गरेको थियो । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत, काठमाडौंबाट ७ दिन म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

लोग्ने विदेशमा बेपत्ता भएपछि बदलिएको कल्पनाको जिन्दगी (भिडियोसहित)

अनुसन्धान अधिकृतका अनुसार, डंगोलको समूहले बेच्न लागेको बच्चा जन्माउने १४ वर्षीया बालिका अहिले प्रहरी संरक्षणमा छिन् । कक्षा ९ मा पढ्दै गरेकी उनी बलात्कृत भएकी थिइन् । मनोपरामर्शदाताको सहयोगमा उनलाई सोधपुछ र उपचार गरिने काठमाडौं प्रहरीले जनाएको छ ।

अध्यागमनबाट खुलेको थियो पोल

२२ साउनमा कालिकास्थानमा रहेको अध्यागमन विभागमा भिसा प्रक्रिया मिलाउनका लागि बेलायती नागरिक डोना स्मिथ पुगेकी थिइन् । १२ साउनमा आफूले शिशु जन्माएको भन्दै बच्चा लैजान चाहेको बताइन् तर, अध्यागमन विभागका अधिकारीलाई उनीमाथि शंका लाग्यो ।

बेलायती दूतावासबाट बनाइएको पासपोर्टमा शिशुको नाम एनाबेला लक्ष्मी श्रेष्ठ राखिएको थियो भने श्रीमान्को नाम रामकुमार श्रेष्ठ भनिएको थियो । स्मिथको गतिविधि शंकास्पद देखिएपछि विभागको सूचना समन्वय शाखाले उनलाई बच्चा जन्मिएको हस्पिटलसम्म लान आग्रह गर्‍यो ।

उनले १२ साउनको विहान २ बजे वीएन्डबी अस्पतालमा शिशुको जन्म दिएको जिकिर गरेकी थिइन् । अध्यागमन विभागका एक अधिकारी भन्छन्, ‘जब हाम्रो टोली हस्पिटलसम्म पठायौं तब उनले झुट स्पष्ट भयो ।’

अब बच्चा नजन्मिदै कि त कांग्रेस हुन्छन् कि नेकपा !

अस्पताल प्रशासनले स्मिथ नाम गरेको महिलाले त्यस दिन कुनै बच्चालाई जन्म नदिएको पुष्टि गरेको थियो । त्यसपछि विभागका अधिकारीले अनुसन्धानका लागि काठमाडौं प्रहरीलाई आग्रह गरेको थियो ।

प्रकाशित मिति: : 2019-08-19 17:19:21

प्रतिकृया दिनुहोस्