दाँतले व्यक्तित्व झल्काउँछ तर जाेगाउने कसरी?

तस्बिरः देशसञ्चार

दाँतले खानेकुरा चपाउन, टोक्न तथा लुछ्नका लागि सहयाेग पुग्छ। दाँत बिना खानेकुरा खान मुस्किल हुन्छ। त्यति मात्रै हाेइन सुन्दर दाँतले मानिसकाे व्यक्त्तित्वसमेत झल्काउँछ।

पछिल्लो समय दाँतकाे उपचारका लागि विभिन्न आधुनिक उपकरणहरु भित्रिएका छन्। जसले गर्दा दाँतको समस्याले छट्पाटाइरहनु पर्ने आवश्यकता छैन। कुनै पनि व्यक्तिले आफूले चाहे जस्तो वा आवश्यकता अनुसारको दाँत राख्न र बनाउने सक्ने प्रविधि नेपालमा भित्रिसकेको छ।

तर पछिल्लो समयमा भने विभिन्न कारणले मानिसहरुमा दाँतको समस्या देखिन थालेको चिकित्सकहरुको बुझाई छ।

कसरी गर्ने दाँतको स्याहार?


बिहानदेखि साँझसम्म दाँतले खाने कुरा चपाउनु पर्छ। जसकारण यसको स्याहार गर्न अत्यन्तै महत्पूर्ण हुन्छ। कुनै पनि मानिसले दाँतको स्याहार गर्नका लागि आफूले गर्ने गरेको दैनिक क्रियाकलापमा ध्यान दिन जरुरी हुन्छ। सबैभन्दा धेरैले सही तरीकाले ब्रस नगर्ने गरेको पाइन्छ। कुनै पनि मानिसले सही तरीकाले ब्रस गरेको छ वा छैन भन्ने कुरामा ध्यान दिन जरुरी हुन्छ।

डा. राजेन्द्र भट्ट

दाँत र मुखको स्वास्थ्यबाट जोगाउनका लागि ब्रस मात्र नभएर दाँतको बीचमा खाना अड्किएको ठाउँमा डेन्टल फल्स् गर्नुपर्ने, डेन्टल फल्सले नपुग्ने ठाउँमा इनटर डेन्टल ब्रस गर्नु पर्ने वा माउथ वासरको प्रयोग गर्न डा. राजेन्द्र भट्टकाे आग्रह छ ।

दाँतको स्याहार आफैले गर्नुपर्ने बताउँदै उनले भने,‘मानिसहरुले अरु केही नगरे पनि खाना खाई सकेपछि मुख कुल्ला गरि दिए पनि धेरै खाने कुरा अड्किन पाउँदैन र धेरै रोग लाग्नबाट बच्न सकिन्छ।’

खाने कुरा


ब्रस गरिसकेपछि दाँतमा टाँसिने खानेकुराहरु धेरै नखान चिकित्सकहरुले सुझाव दिएका छन्। यस्ता खाने कुराहरु खानाले दाँतमा विभिन्न समस्याहरु उत्पन्न हुने गर्दछ ।

प्रकाशित मिति: : 2019-08-19 12:57:14

प्रतिकृया दिनुहोस्