अबको चिन्ता लोडसेडिङको होइन, उत्पादित बिजुली कसरी बिक्री गर्ने भन्ने हो : कुलमान घिसिङ [अन्तर्वार्ता]

नेपाल विद्युत प्राधिकरणले आज (भदौं १ गते) आफ्नो स्थापनाको ३४औं वार्षिकोत्सव मनाइरहेको छ। केही वर्षअघिसम्म मुलुककै समस्या बनेको लोडसेडिङ अहिले छैन। लोडसेडिङ अन्त्य मात्र नभई नेपालले उत्पादन, प्रशारण, वितरण तथा विद्युत बजार विस्तारमा पनि उल्लेख्य उपलब्धि हासिल गरिरहेको छ। तीन वर्ष अघिसम्म वार्षिक अर्बौं रुपैयाँ बराबरको नोक्सानी व्यहोरिरहेको प्राधिकरण अहिले नाफा कमाउने अवस्थामा पुगिसेको छ। चुहावट नियन्त्रणमा पनि नेपाल विद्युत प्राधिरणले फड्को मारेको छ। यसै सन्दर्भमा प्राधिकरणको समग्र अवस्था, आगामी दिनका योजना तथा रणनीति र सुधारका प्रयासबारे कार्यकारी निर्देशक कुलमान घिसिङसँग नेपाल लाइभका लागि सविन मिश्र र हेमन्त जोशीले लामो कुराकानी गरेका छन्।

मिर्गौला बिक्री गर्ने रूद्राक्ष खेतीतर्फ

प्राधिकरणले सार्वजनिक गरेको वित्तीय अवस्था हेर्दा तीन वर्षअघि करिब ९ अर्ब रुपैयाँ घाटामा रहेको विद्युत प्राधिकरण अहिले नाफामा छ। यो तीन वर्ष अवधिमा प्राधिकरणको आर्थिक अवस्थामा ‘यु टर्न’ हुने गरी तपाईंले त्यस्तो के जादु गर्नुभयो?

हामीले आर्थिक वर्ष २०७५/७६ मा ७ अर्ब २० करोड रुपैयाँ मुनाफा कमाएको प्रारम्भिक तथ्यांक आइसकेको छ। यो बढ्न पनि सक्छ। मैले जिम्मेवारी लिएको पहिलो वर्षमै करिब डेढ अर्ब रुपैयाँ जति नाफा कमाउन सफल भएका थियौं। दोश्रो वर्षमा करिब ३ अर्ब रुपैयाँ र अहिले साढे ७ अर्ब रुपैयाँ नाफा प्राधिकरणले कमाएको छ। 

नेकपा एकताका सम्भावित काला बादलहरु

यसको प्रमुख कारण भनेको त व्यवस्थापन नै हो। हामीले सञ्चालन खर्चमा अपनाएको मितव्ययितादेखि लिएर चुहावट नियन्त्रणसम्मका प्रयासबाट यो सम्भव भएको हो। हामीले तीन वर्ष अवधिमा विद्युत चुहावट नियन्त्रण १० प्रतिशतले घटायौं। लोडसेडिङ अन्त्य भएपछि त्यहीअनुसार राजश्व पनि बढ्यो। विद्युत महसुलबाट उठ्ने राजश्व बढ्यो भने बढी विद्युत खपत गर्ने उपभोक्ताले सजिलै विद्युत प्रयोग गर्न पाए। विद्युत प्रयोग बढेपछि राजश्व पनि सोही अनुपातमा बढेको हो। 

प्रकाशित मिति: : 2019-08-18 17:20:26

प्रतिकृया दिनुहोस्