रात्रिकालीन व्यवसाय : जागिर गुम्ने डरले यौन हिंसाका घटना खुलाउँदैनन् पीडित, प्रहरीबाटै असुरक्षित

काठमाडौं– सिन्धुपाल्चोककी प्रतिमा बस्नेत (नाम परिवर्तन) एसएलसी सकिएपछि कामको खोजीमा काठमाडौं आइन्। पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले काठमाडौंमा बस्ने, खाने र पढ्ने लगायत खर्च आफै जुटाउनुपर्थ्यो। कामको सिलसिलामा उनी धेरैतिर भौंतारिइन्। धेरैपछि नजिकै डेरामा बस्ने एक जना दिदीको सहयोगमा एक रेस्टुरेन्टमा वेटरको काम पाइन्।

काम त पाइन् तर कहिल्यै समयमा तलब पाइनन्। 

'यो पेसामा न तलब समयमा पाइन्छ, न त सुरक्षाको ग्यारेन्टी छ। साहुले जे भने पनि मान्नु पर्छ, होइन भने अनावश्यक गालीगलौज सुन्नुपर्छ,' उनले आफ्नो अनुभव सुनाइन्, 'बिरामी भएका बेला पनि बिदा पाइँदैन, निरन्तर काममा खट्नुपर्छ।' 

 कतिसम्म भने दिउँसो वेटरको काम लगाउने मालिकले नै राति आफै ग्राहक खोजेर आउने गरेका रहेछन्। यति भइरहँदा पनि उनी मुख खोल्न सक्दिनन्। किनकि छँदाछँदैको जागिर गुम्ने डर उनलाई छ। 

 काठमाडौंका विभिन्न रेस्टुराँमा काम गर्ने युवतीहरुलाई जबर्जस्ती यौन पेसामा लगाउने तथा यौन शोषण गर्ने राष्ट्रिय मानव अधिकार आयोगले फेला परेको छ। 

 यस्तै पीडा बाट गुज्रिरहेकी अर्की युवती हुन्, सिन्धुपाल्चोककै आकांक्षा तामाङ (नाम परिवर्तन)। उनको समस्या पनि प्रतिमाको भन्दा भिन्न छैन। भनेको नमानेको खण्डमा मालिकले धम्की तथा सजाय नै दिने गरेको उनले सुनाइन्। उनी हाल काठमाडौंस्थित एक डान्सबारमा काम गर्छिन्। 

कतै प्रधानमन्त्रीलाई दिएको 'अञ्जनाको मृगौला'ले काम गर्न छोडेको त हैन ?

मानव अधिकार आयोगले श्रमिकहरुको अनुगमन गर्न  जाँदा आकांक्षा भड्किलो शृंगार र पोसाकमा भेटिएकी थिइन्। आयोगको अनुगमन टोलीले पोसाक र शृंगारका बारेमा कुरा गर्दा उनले यस्तो पहिरन आफ्नो पेसाका लागि अनिवार्य भएको बताएकी थिइन्।

'डान्सबारमा काम गर्दा साहुले भनेजस्तै पोसाक र शृंगार गर्नुपर्छ,' उनले भनिन्, 'आफ्नो इच्छाले गर्न थाल्यो भने त भोलि नै जागिर जान्छ।'

प्रकाशित मिति: : 2019-08-16 10:46:47

प्रतिकृया दिनुहोस्