१० वर्षमा १६ खर्बका उद्योग दर्ता : कति आए सञ्‍चालनमा ? विभाग भन्छ - थाहा छैन

फाइल तस्बिर

काठमाडौं । पछिल्लो १० वर्षमा १६ खर्ब रुपैयाँभन्दा बढी पुँजी बराबरका उद्योग खोल्ने आवेदन उद्योग विभागमा परेको छ । विभागमा सञ्चालनको लागि दर्ता भएका आठ प्रकारका उद्योग १६ खर्ब ७७ अर्ब ८४ करोड १४ लाख ४० हजार रुपैयाँ पुँजी बराबरका रहेका हुन् ।

उद्योगी तथा व्यवसायीले कृषि तथा वनजन्य, निर्माण, ऊर्जा, सूचना-प्रविधि, उत्पादनमुलुक, खनिज, सेवा र पर्यटन गरी आठ प्रकारका उद्योग दर्ता गराएका हुन् । सो पुँजी बराबरको लगानीमा तीन हजार नौसय १४ उद्योग दर्ता भएको देखिन्छ । 

विभागमा दर्ता भएका उद्योगमा स्वदेशी र विदेशी लगानीकर्ता इच्छुक देखिन्छ ।

कुन वर्ष कति उद्योग दर्ता भए ?

विभागले दिएको जानकारी अनुसार,

आर्थिक वर्ष २०६६-०६७ मा विभागमा कुल पुँजी ३९ अर्ब २४ करोड ५३ लाख ५० हजार रुपैयाँ बराबरका २ सय ५८ उद्योग ।

आर्थिक वर्ष २०६७-६८ मा विभागमा कुल पुँजी ९० अर्ब ४१ करोड ५५ लाख ८० हजार रुपैयाँ बराबरका २ सय ४२ उद्योग ।

आर्थिक वर्ष २०६८-६९ मा कुल पुँजी ८४ अर्ब ४२ करोड ७३ लाख ९० हजार रुपैयाँ बराबरका २ सय ७९ उद्योग 
 
आर्थिक वर्ष २०६९-७० मा एक खर्ब १९ अर्ब ६० करोड ११ लाख ३० हजार कुल पुँजी बराबरका ४ सय ४६ उद्योग ।

आर्थिक वर्ष २०७०-७१ मा कुल पुँजी २ खर्ब ८७ अर्ब ८० करोड ७६ लाख ५० हजार रुपैयाँ बराबरका तीन सय ७० उद्योग ।
 
आर्थिक वर्ष २०७१-७२ मा कुल पुँजी एक खर्ब ३८ अर्ब ७५ करोड १२ लाख ७० हजार रुपैयाँ बराबरका तीन सय ६६ उद्योग । दर्ता भएका उद्योगको संख्या र कुल पुँजी दुवैका गिरावट । 

आर्थिक वर्ष २०७२- ७३ मा कूल पुँजी एक खर्ब २१ अर्ब ७२ लाख २० हजार रुपैयाँ बराबरका चार सय ९ उद्योग । दर्ता भएको उद्योगको संख्या वृद्धि भयो तर कूल पुँजीमा सुधार भएन ।

आर्थिक वर्ष २०७३-७४ मा कूल पुँजी एक खर्ब ६३ अर्ब १७ करोड ४४ लाख रुपैयाँ बराबरका पाँच सय १० उद्योग ।

आर्थिक वर्ष २०७४-७५ मा कुल पुँजी तीन खर्ब ५० अर्ब ७३ करोड २१ लाख ९० हजार रुपैयाँ बराबरका चार सय ९८ उद्योग । उद्योग दर्ताको क्रममा निकै सुधार आयो । 

आव २०७५-०७६ मा कूल पुँजी दुई खर्ब ८२ अर्ब ६७ करोड ९२ लाख ६० हजार रुपैयाँ बराबरका चार सय ३६ उद्योग । 
 
विभागले दिएको जानकारी अनुसार १० वर्षमा विभागमा दर्ता भएका तीन हजार नौ सय १४ उद्योगमध्ये 

आर्थिक वर्ष २०६६-६७ मा दर्ता भएका उद्योगको रोजगारी क्षमता १४ हजार पाँच सय १० जना ।

प्रकाशित मिति: : 2019-08-15 17:39:59

प्रतिकृया दिनुहोस्