एउटा औंलाले निभाउन सकिन्छ ग्यास सिलिण्डरमा लागेको आगो

गत साता बालुवाटारस्थित इन्टेरनेट तथा केबुल प्रदायक कम्पनी सुबिसुको कार्यलयमा आगलागी भयो।

मंगलबारमात्रै पोखराको एउटा मिनी मार्केटमा आगो लाग्दा २३ पसलमा क्षति पुग्यो।

यस्ता आगलागी हाम्रो भान्सामा पनि हुन सक्छन्। खास गरी भान्सामा प्रयोग हुने सिलिण्डर ग्यासबाट आगो सल्किने गर्छ।

ग्यास सिलिण्डरमा आगलागी हुँदा हामी धेरैजना आत्तिन्छौं। १६ वर्ष अग्नि नियन्त्रकको काम गरेका राजकुमार ठकुरी भने यस्तो बेला नआत्तिई सामान्य घरेलु तरिकाबाट आगो नियन्त्रण गर्न सकिने बताउँछन्।ठकुरीका अनुसार ग्यास सिलिण्डरमा लागेको आगो निभाउने केही घरेलु तरिका छन्।

पहिलो,औंलाको प्रयोग। यदि सिलिण्डरको रेगुलेटरमा मात्र आगो सल्केको हो भने पाइप निकालेर औंलाले रेगुलेटरको टुप्पो थुनेर आगो निभाउन सकिन्छ।

‘आगो निभ्नेबित्तिकै रेगुलेटर पनि अफ गरिहाल्नुपर्छ,’ उनले भने।

दोस्रो तरिका हो, बाल्टिनले छोप्ने।

‘सिलिण्डरको रेगुलेटरलाई माथिबाट बाल्टिनले छोप्यो भने आगो नियन्त्रण हुन्छ,’ ठकुरीले भने।

प्रकाशित मिति: : 2019-08-14 21:28:29

प्रतिकृया दिनुहोस्