रक्सी खाएर ड्युटी गर्ने अस्पतालका कर्मचारी...

वीरगन्ज : आर्थिक रुपले विपन्न बिरामीको पहिलो रोजाइमा पर्छ, वीरगन्जको नारायणी अस्पताल। अस्पतालमा पर्सादेखि सर्लाहीसम्म चार जिल्लाका बिरामी र सेवाग्राही उपचारका लागि आउँछन्। 

मध्य तराइकै सबैभन्दा पुरानो र ठूलो अस्पतालमा बिरामीको चाप बढेपछि संघीय सरकारले गत पुष १६ गते तत्कालीन उपक्षेत्रीय अस्पतालाई विशेषज्ञ सेवासहित ५ सय बेडको टर्सरी अस्पतालका रुपमा स्तरोन्नती गर्ने निर्णय गर्‍यो। 

जसले आफू कुल्लीमा काम गरेर पनि श्रीमतीलाई छोरीसँगै पढाइरहेका छन्

प्रदेश २ कै नमूना अस्पतालको रुपमा बनाउने सरकारले निर्णय गरेसँगै अस्पतालमा गत फागुन अन्तिम साता उपक्षेत्रीय अस्पताल लेखिएको बोर्ड हटाएर नारायणी अस्पताल लेखिएको बोर्ड झुण्ड्याइएको छ। अस्पताल भवन रङ रोगन गरेर चिटिक्‍क पारिएको छ। 

बलात्कारको बढ्दो ग्राफः आफन्तबाटै सुरक्षित छैनन् पीडितहरू, साउनयता मात्रै २२२३ बलात्कारका घटना

तर नयाँ बोर्ड झुण्ड्याएर अस्पाल भवनको रङरोगन गरिए पनि अस्पतालले प्रदान गर्ने सेवा भने झनै खस्किएको बिरामी र सेवाग्राहीको गुनासो छ।स्वास्थ्यकर्मी र कर्मचारीको व्यवहारमा परिवर्तन आउन नसक्दा अस्पताल आउने बिरामी तथा उनीहरुका कुरुवा सास्ती खेप्न बाध्य छन्। 

रातभर टिकट काउण्टर बन्द

आइतबार राति अस्पतालको प्रसूति गृह भवन परिसरमा रहेको आकस्मिक पुर्जी काट्ने काउण्टर रातभर बन्द रहयो। काउण्टरमा रात्रीकालीन डयुटीमा रहेका शीवदानी यादव रक्सी सेवन गरी काउण्टरको झ्याल र ढोका बन्द गरी काउण्टर भित्रै रातभर सुते। जसका कारण काउण्टर बन्द रहयो।

प्रकाशित मिति: : 2019-08-12 17:13:28

प्रतिकृया दिनुहोस्