मोदी–जिनपिङ भेटमा जम्मु–काश्मिर मुद्धा नउठ्ने

Agency

चिनियाँ राष्ट्रपतिको सम्भावित भारत भ्रमणमा जम्मु–काश्मिरको विवादलाई लिएर कुनै किसिमको कुरा नउठ्ने भारतीय मिडियाले दावी गरेको छ।

भारत सरकारले गत अगस्ट ५ बाट जम्मु–काश्मिरमा संविधानको धारा ३ सय ७० को प्रावधान हटाउने निर्णय गरेपछि देखिएको पछिल्लो तनावका बीच चिनियाँ राष्ट्रपति सी जिनपिङले भारतको भ्रमण गर्दैछन्।

फूल बेच्ने १२ वर्षीय बालकको कथा, जो परिवार पाल्न बिहान ४ बजेदेखि नै सक्रिय हुन्छन् (भिडियोसहित)

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुन लागेको अनौपचारिक शिखर सम्मेलनमा जम्मु–काश्मिरको मुद्धा नउठने बताइएको छ।

जम्मु–काश्मिरबाट ३ सय ७० को प्रावधान समाप्त भएपछि पाकिस्तान र भारतको सम्बन्ध निकै तनावपूर्ण स्थितिमा छ। पाकिस्तानले भारतको उच्चायुक्तलाई पाकिस्तानबाट फर्किन उर्दी दिएको थियो।

 

प्रकाशित मिति: : 2019-09-18 15:16:59

प्रतिकृया दिनुहोस्