नागरिकता विधेयकसम्बन्धि प्रस्ताव पारित हुन नदिने देउवाको चेतावनी

फाइल तस्बिर

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले यथास्थितिमा नागरिकता विधेयकसम्बन्धि प्रस्ताव पारित हुन नदिने बताएका छन् ।

संघीय संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा विचाराधीन नागरिकतासम्बन्धि विधेयक सरकारले बहुमतको आडमा पारित गर्न खोजेको उल्लेख गर्दै सो विधेयकलाई पारित हुन नदिने बताएका हुन् ।

राज्यव्यवस्था तथा सुशासन समितिमा विचाराधीन नागरिकतासम्बन्धि विधेयकमा नेपाली काँग्रेसका सांसदहरुले फरक मत राखि अघि बढन दिएका छैनन् । सो विधेयकमा नेपाली पुरुषसँग विवाह गरेका विदेशी महिला र नेपाली महिलासँग विवाह गरेर नेपाल बस्न चाहेका विदेशी पुरुषलाई पनि तत्काल वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने नेपाली काँग्रेसको फरक मत छ ।

प्रकाशित मिति: : 2019-09-18 15:09:51

प्रतिकृया दिनुहोस्