राजा वीरेन्द्रका 'डाइहार्ड फ्यान', जसले आन्दोलनमा ढलेको सालिकलाई संरक्षण दिए

इटहरी- घरको छतमा पहेँलो रङको गाडी। दोस्रो तलामा स्वर्गीय राजा वीरेन्द्रको सालिक। पहिले आफ्नो पेसाले चिनिन्थे बाबुराम प्रधान। अहिले यही गाडी र सालिकका कारण उनको परिचयको आयाम फराकिलो बनेको छ। इटहरी चोकदेखि एक किलोमिटर पश्चिममा पर्छ, बाबुरामको घर। 'गाडी भएको घर वा राजा वीरेन्द्रको सालिक भएको घर भनेपछि मात्र त्यसपछि बाबुराम भन्ने नाम आउँछ,' उनी हाँस्दै भन्छन्। यो सालिक उनी आफैले बनाएका भने होइनन्। २०४३ सालमा इटहरी गाउँ पञ्चायतले सालिक निर्माण गरेको थियो। तत्कालीन प्रधानपञ्च रामकुमार सुब्बा उक्त सालिक अमर चित्रकारले ६ महिना लगाएर तयार पारेको बताउँछन्। त्यो बेलामा पनि ५ लाख रुपैयाँ दिएर सालिक बनाउन लगाएको उनको भनाइ छ।

जिरीलाई नेपालको स्वीजरल्याण्डका रुपमा विकास गरिने (भिडियोसहित)

२०६२/६३ सालको आन्दोलनको निसाना बन्यो यो सालिक। ढालिएर बेवारिस बनेको सालिकलाई अहिले बाबुरामले संरक्षण गरिराखेका छन्।  ०६२/६३ सालको १९ दिने जनआन्दोलन उत्कर्षमा थियो। सात दल र तत्कालीन नेकपा माओवादी समेतको आन्दोलन चर्किइरहेको थियो। इटहरीमा बिहान, दिउँसो र साँझ गरी तीन चरणमा प्रदर्शन भइरहेको थियो। दिउँसो हुने आन्दोलनको नेतृत्व विद्यार्थी नेताहरुले गरेका थिए। त्यही बेला 'शाही शासन मुर्दावाद' भन्दै नारा घन्किन थाल्यो। राजा वीरेन्द्रको सालिकमा विद्यार्थी नेताहरुको आँखा परिहाल्यो। उक्त आन्दोलनको नेतृत्व अनेरास्ववियुकी नेतृ मन्जु भण्डारीले गरेकी थिइन्। उनैले सालिक भत्काउनका लागी माहोल बनाइन्। त्यतिकैमा ह्याम्मर भेला पार्न केही विद्यार्थी नेताहरु जुटे। ज्यावलहरु भेला पारियो। नेतृ भण्डारीसहित केही नेताहरु सालिक भएको क्षेत्रमा प्रवेश गरे।

लाहुरे श्रीमतिको पीडा– जवानीमा लोग्नेसँग छुट्टिएर बस्नु पर्‍यो, अहिले छोराहरूसँग (भिडियोसहित)

इटहरी चोकमै रहेको सालिकलाई तारबार लगाएर सुरक्षित राखिएको थियो। तर उग्र बनेको युवा जमातलाई काँडेतारले छेक्न सकेन। बार फोरेर आन्दोलनकारी समूह भित्र प्रवेश गर्‍यो। सुरुमा उनै भण्डारीले सालिकमा हम्बर हानिन्। 'आफैले नेतृत्व गरेको भएर सुरुमा मैले नै हम्बर प्रहार गरेँ,' उनी सुनाउँछिन्। त्यसपछि सालिक फोर्ने काम सुरु भयो। कंक्रिटबाट निर्माण भएकाले फोड्न लामो समय लागेको उनको भनाइ छ। हाल उनी धरान उपहानगरपालिकाकी उपमेयर छिन्। 

प्रकाशित मिति: : 2019-08-10 20:16:46

प्रतिकृया दिनुहोस्