रहस्यमयी घरको चर्च कनेक्सन

तस्बिरः शिलापत्र

सोमन राई र उनको संस्था (भ्वाइस अफ दि फिट्स) चर्चसँग आबद्ध छन् ।

भ्वाइस अफ दि फिट्स सञ्चालन हुने घरको नाम हो– द क्राउन अफ ब्युटी, म्याटरनिटी होम ।

यो नाम हिब्रु बाइबलबाट लिइएको हो । यहुदी सन्त आइजेयाको नाममा लेखिएको ‘आइजेयाको किताब’मा लेखिएको ‘यु विल बि अ क्राउन अफ ब्युटी इन द ह्यान्ड अफ लर्ड, अ किंग्स क्राउन इन द ह्यान्ड अफ योर गड’ बाट यो घरको नाम जुराइएको देखिन्छ ।

यो पुस्तक यहुदी क्रिस्चियन धर्मावलम्बीको महत्त्वपूर्ण पुस्तक हो । राई आफैं पनि क्रिस्चियन हुन् त्यसैले संस्थाको सुरुवात पनि उनले क्रिस्चियन समुदायबाटै गरे ।

संस्था सुरु गर्नुको कारण उल्लेख गर्दै राईले आफ्नो वेबसाइटमा लेखेका छन्, ‘वर्षाैं पहिले परमेश्वरले सत्र वर्षको एक युवकलाई बोलाउनुभयो । र, परमेश्वरको आज्ञा मान्दै त्यो युवक दक्षिण भारतमा आफ्नो धार्मिक अध्ययन गर्न जान्छ ।’

राईले सिक्किमको रानीपुल उच्च माध्यमिक विद्यालयमा अध्ययन गरे । बाल्यकालदेखि नै चर्चसँग जोडिएका राई आफूलाई फेरि एक दिन परमेश्वरले गर्भपतनबारे भनेको सुनाउँछन् ।

राई भन्छन्, ‘सन् २००९ मा मलाई प्रभुले नजन्मेका आवाजविहीनको आवाज बन्न प्रेरित गर्नुभयो ।’

त्यसपछि उनलाई ईश्वरको आवाजले छुन्छ । अनि, उनी गर्भपतनको विकल्पको खोजीमा लाग्छन् ।

गर्भपतनको विकल्प खोजिरहँदा उनलाई अचानक लाग्छ, ‘परमेश्वर आफ्ना मान्छेसँग कुरा गर्न इच्छुक थिए ।’

प्रकाशित मिति: : 2019-08-09 08:31:56

प्रतिकृया दिनुहोस्