यी हुन्, भारतीय प्रहरीको 'मोस्ट वान्टेड' सूचीमा रहेका २८ नेपाली

बारा कलैयाका मोहम्मद नुर अन्सारी भारतीय प्रहरीको सर्वाधिक खोजीका पात्र हुन्। भारतीय प्रहरीले अन्सारीलाई आफ्नो बलबुताले भ्याएसम्म खोज्यो। इन्टेलिजेन्समा निकै अब्बल मानिने 'रअ' सम्मले उनको खोजी गर्‍यो। तर कुनै सुइँको नपाएपछि भारतीय प्रहरी अन्तराष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सहायता लिन पुग्यो। भारतीय प्रहरीकै आग्रहमा अन्सारीविरुद्ध इन्टरपोलले रेड नोटिस जारी गर्‍यो।

अन्सारीलाई अहिले इन्टरपोलका १९४ सदस्य राष्ट्रले खोजी गरिरहेका छन्। तर पनि उनी पक्राउ परेका छैनन्। उर्दु, अरबिक, हिन्दी, नेपाली भाषामा पोख्त ३२ वर्षीय अन्सारी अझै १९४ देशका प्रहरीलाई छक्याउन सफल भइरहेका छन्।  

घाँस काट्न गएकी किशोरीलाई बलात्कार गर्ने प्रहरी जवान पक्राउ

अन्सारीलाई भारतीय प्रहरीले 'मोस्ट वान्टेड'को सूचीमा राख्नुको कारण हो, भारतीय नक्कली नोटको कारोबार र हुन्डी। औपचारिक रुपमा अन्सारीलाई भारतले नक्कली नोट र हुन्डी कारोबारमा संलग्न रहेको बताए पनि उनलाई खोज्नुको मुख्य कारण हो, आतंकवादलाई सहयोग।

डेजाभु क्लब सञ्चालक मनोज श्रेष्ठ करोड धरौटीमा रिहा, छुलेलगत्तै फेरि पक्राउ

 भारतीय प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका अन्डरवर्ल्ड डन दाउद इब्राहिमको निकट रहेर भारतमा आतंकवादी गतिविधि फैलाउन अन्सारीले सहयोग गरेको आरोप भारतीय प्रहरीले लगाएको छ। 

प्रकाशित मिति: : 2019-08-08 17:28:27

प्रतिकृया दिनुहोस्