के बाँदरले सामूहिक आत्महत्या गर्छन्?

फाइल तस्बिर: नेपाल खबर

सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी नगरपालिका–१३ महादेबथान छेउको खेतमा रहेको पोखरीमा बुधबार बिहान बाँदरले सामूहिक आत्महत्या गरेको समाचार आएका छन्। मैले पनि ती समाचार सुनेँ। १५–१६ वटा बाँदरले आत्महत्या गरे भन्ने छ। अहिलेसम्म पत्ता लागेका अनुसन्धान निष्कर्षहरुले जनवार मनोविज्ञानमा आत्महत्याको विषय नहुने देखाएका छन्।

किन बढ्दै छ कतारमा विप्लव माओवादीको आकर्षण? (भिडियो सहित)

संसारमा मानिस सबैभन्दा बुद्धिमान प्राणी हो। मानिसपछि बाँदरै प्रजातिका चार जनावरहरुको नाम बुद्धिमानमा आउँछ। चिम्पाञ्जी, गोरिल्ला, ओराङओटाङ र गिब्बनको नाम आउँछ। संसार पुुच्छर भएका बाँदर प्रजातिका २ सय २९ प्रजाति छन्। बाँदरका प्रजातिका कुल २ सय ३४ वटा छन्। त्यसपछि हात्ति घोडा, गैँडा र कीरा फट्याङ्ग्रा अरु आउने हुन्।

संगीत घरका मालिक रमण (भिडियो रिपोर्ट)

अरु प्राणीले नगर्ने कामहरु मानिसले गर्छ। सबैभन्दा राम्रो वा सबैभन्दा खराब व्यवहार प्रदर्शन गर्ने पनि मानिसले नै हो। मानिसले आत्महत्या गर्छ, मानिसले बलात्कार गर्छ, लूट गर्छ। मान्छे धूर्त छ। एउटा ठाउँका सम्पत्ति देखाएर अर्को स्थानमा बेच्छ, खोलाको जग्गालाई अर्कै देखाएर बेच्छ। भ्रष्टाचार गर्छ। तर जनावरबाट त्यो हुँदैन। उनीहरु शोकमा पर्न सक्छन्, खुशी मनाउन सक्छन् तर मानिसले जस्तो नराम्रो अथावा राम्रो काम गर्न सक्दैनन्।

परदेशमा रहेर घरदेशको चिन्ता गर्ने हामीलै नै हो, हामीले नगरे कसले गरिदेला: राजदूत शर्मिला पराजुली ढकाल

करिब एक दशकअघि पशुपतिमा करिब दुई दर्जनभन्दा बढी बाँदर करेन्ट लागेर मरे। भएको के थियो भने खुला तारमा परेर एउटालाई करेन्ट लाग्यो। अरु बचाउन र समाउन जाँदा करेन्ट लागेर मर्दै गए। एक वर्षअघि थापाथलीमा एउटा बाँदर करेन्ट लागेर सडकमा पछारियो। मर्यो। त्यस क्षेत्रका सबै बाँदरहरु मरेका बाँदरलाई उठाउन गए। वरिपरि बसेर शोक मनाए। त्यसदिन बाँदरको शोकका कारण थापाथली क्षेत्रमा ट्राफिक जाम नै भयो।

हो जनवारले शोक भने मनाउँछ। कहिले कहीँ घरमुली वा माया गर्ने मानिसको मृत्यु भए वा छुट्टिए कुकुरले पनि खाना खाँदैन। कुकुरले आत्महत्या गर्नका लागि खाना छाडेको होइन। शोकमा छाडेको हो। 

प्रकाशित मिति: : 2019-08-08 16:19:34

प्रतिकृया दिनुहोस्