नेपालमा सुनको मूल्य बढ्नुका यी छन् कारण

अन्तर्राष्ट्रिय अर्थतन्त्रमा देखिएको अस्थिरता, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको अर्थनीति, कश्मीर तनाव र स्थानीय माग कम भएका कारण नेपालमा सुनको भाउ लगातार बढिरहेको छ।

व्यवसायी र अर्थशास्त्रीहरूका अनुसार हाल अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य बढिरहेकाले त्यसको असर नेपालमा पनि देखिएको हो।

गएको एक महिनामा तोलामा साढे तीन हजार रुपैयाँले बढेर नेपाली बजारमा मङ्गलवार छापावाल सुनको मूल्य प्रतितोला ६८ हजार रुपैयाँ पुगेको छ।

चीन र अमेरिकाबीचको व्यापार युद्धले अन्तर्राष्ट्रिय बजार अस्थिर बन्दा धेरै लगानीकर्ता सुनतर्फ आकर्षित भएको हुँदा मूल्य बढेको व्यवसायी र अर्थशास्त्रीको तर्क छ।

प्रकाशित मिति: : 2019-08-07 06:26:48

प्रतिकृया दिनुहोस्