जसले कुकुरलाई नयाँ जीवन दिन्छ

मानवजातीका प्रेरणाका स्रोत तथा प्रसिद्ध अमेरिकी राष्ट्रपति अब्राहम लिकंनले भनेका छन्‘कुकुर संसारको एक मात्र यस्तो प्राणी हो, जसले आफूलाई भन्दा बढी माया आफ्नो मालिकलाई गर्छ।’

कुकुर पहिलो पाल्तु घरपालुवा स्तनधारी जनावर, घरको सुरक्षा शौखका लागि स्वामी भक्त, शिकार खेल्न सहयोग गर्ने, र हिन्दु परम्परा अनुसार कुकुरको पूजा समेत गर्ने चलन छ।

‘अधिकांसले कुकुर शौखल पालेका हुन्छन् त अधिकांसले बाध्यताले। शहरीयाहरुले कुकुर पाल्ने रहर गर्छन् पालेका हुन्छन् पनि। कुकुरको शारिरीक अवस्था ठिक हुदासम्म पाल्छन् जब उ असक्त, रोगी, बिरामी पर्छ तब उसलाई घरबार विहिन बनाउछन्, वेवारिसे बनाउछन। अनन्त उनीहरू भुस्याहा, छाडा, बेवारिसे कहलिन्छन्।’ डाक्टर विदुर पिया भन्छन्।

रजधानी भुस्याहा तथा छाडा कुकुरले आक्रान्त छ। प्रत्येक गल्लि चोकचोकमा छाडा तथा बेवारिसे कुकुरको विगविगी छ। राजधानीमा मात्रै लाखौंको संख्यामा रहेका छन् भुस्याहा छाडा कुकुर।

महानगरका तिनै घरबार विहीन, भुस्याहा, छाडा कुकुरको घर तथा साहारा दुबै बनेको छ काठमाडौं बुढानिलकण्ठमा रहेको काठमांडु एनिमल ट्रिटमेन्ट(क्याट) सेन्टर।

क्याट सेन्टरमा अहिले राम्रा, अशक्त, अपाङ्ग र उपचारमा रहेका गरि १ सय १६ कुकुर र ९ विरालो छन्। उनीहरुको खाना, सरसफाई देखि लिएर उपचारको सम्पूर्ण व्यवस्था मिलाई नयाँ जीवन दिएको छ सेन्टरले।

सेन्टरमा दैनिक छाडा, बिरामी,भुस्याहा गरि ७ देखि ८ सम्म कुकुर आउने गर्छन। कुकरको स्वास्थ्य ठिक नहुदासम्म त्यहि राखि उपचार गरिन्छ। उपचार पछि बन्ध्याकरण गरेर कोहिलाई जहाबाट ल्याएको हो त्यहि छोडिन्छ भने केहि रोग निको भएपछि मालिकले लगेर जान्छन् त केहिलाई क्याट सेन्टर स्वयमले पालेको छ।

विगत १० वर्षदेखि क्याट सेन्टरमा काम गरिहेका डाक्टर तथा क्याट सेन्टर संस्थाका निर्देशक विदुर पिया भन्छन्‘ जनावरले भावना तथा मनमा लागेको कुरा व्यक्त गर्न सक्दैनन् उनीहरूको पीडा कसैले बुझ्दैनन्। बुझ्छन त केवल केहि जसले जनावरलाई माया गर्छ प्रेम गर्छ।’

वर्षौदेखि वरिष्ठ सर्जनको रुपमा काम गरेका विदुर कुकुर तथा बिरालोको सेवा गर्दा खुसि छन्। जब कुकुरको अप्रेशन भई उपचार सफल हुन्छ तब उनलाई खुसिले चिच्याउन मन लाग्छ। अशक्त, छाडा, वेवारिसे कुकुरको उद्धार गर्न पाउदा आफुलाई भाग्यमानी ठान्छन् उनी।

‘जसरि समाजबाट अपहेलित हुदा हाम्रो मन दुख्छ त्यसै गरि दुख्दो हो जनावरको पनि। क्याट सेन्टरले छाडा कुकुरलाई सडकबाट र विरामीलाई घरैबाट समेत ल्याउने गरेको छ’ विदुरले भने।

क्याट सेन्टरमा सवारीले हानेका, लुतो लागेका, अंगभंग भएका,ट्युमर, हर्नीया भएका हातखुट्टा भाचिएका कुकुरको उपचार तथा रेखदेख गर्ने गरिएको छ।

कुकुरको उपचार गरि तिनीहरूको बन्ध्याकरण गरेर कुकुरको संख्या घटाउने र रेवीज विरुद्धको सुई समेत लगाउने काम गरेको छ क्याट सेन्टरले। दिनमा करिव सात आठको बन्ध्याकरण गर्ने गरेको सेन्टरका डाक्टर विदुरले बताए। बन्ध्याकरण गरेको भन्ने थाहा पाउन सेन्टरले उनीहरुको देब्रे कानमा सानो घाउ बनाउने गरेको छ।

प्रकाशित मिति: : 2019-07-28 07:56:51

प्रतिकृया दिनुहोस्