भ्रष्टाचार मुद्दा लागेका त्रिविका पूर्व कर्मचारीद्वारा ‘आत्महत्या’

त्रिभुवन विश्वविद्यालयको कर्मचारी भर्नामा अनियमितता गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर खेपिरहेका परीक्षा नियन्त्रण कार्यालयका पूर्व कर्मचारी रामबहादुर पाण्डे क्षेत्रीको ६ तलाबाट  हामफालेर मृत्यु भएको छ । उनले आत्महत्या गरेको प्रहरीको आशंका छ । 

त्रिपुरेश्वरस्थित राधा भवनबाट परिसरमा बिहीबार दिउँसो उनी मृत भेटिएका हुन् । उनी छैठौं तलाबाट खसेका थिए । भ्रष्टाचार मुद्दाकै विषयमा वकिललाई भेट्न गएका उनले वकिलकै कार्यालयबाट हाम फालेर आत्महत्या गरेको हुन सक्ने प्रहरी आशंका छ । पाण्डेको मृत्युको कारणबारे अनुसन्धान भइरहेको काठमाडौं परिसरका एसएसपी उत्तमराज सुवेदीले बताए ।

प्रकाशित मिति: : 2019-07-18 23:22:43

प्रतिकृया दिनुहोस्