चित्त बुझाउन छबिजीको फेसबुक हेरेँ ब्लक गर्नुभएछ, मैले डिभोर्स फाईल गरीसकेँ

तस्बिरः मेरो फिल्म

नायिका शिल्पा पोखरेलले निर्माता श्रीमान छविराज ओझा बिरुद्ध सम्बन्धबिच्छेदका लागि जिल्ला अदालत काठमाडौंमा निवेदन दिएकी छन्।

सम्बन्ध बिच्छेदको प्रक्रिया अगाडि बडाएसँगै उनी मिडियामा आएकी हुन्। उनले न्यूजफिल्मी युटुव च्यानल मार्फत आफूले छबिबाट पाएको यातनाको बारेमा मुख खोलेकी छन्।

कानको समस्याको विषयमा बोल्दै उनले केही दिनमा ठिक हुने र केही दिन ठूलो आवाजको नजिक नजान डाक्टरले सुझाव दिएको बताइन्।

घटनाको ४, ५ दिन सम्म गाला सुन्निएको थियो र उनले छवीलाई नै थाहा थिएन कि, मेरो कानसम्म हात पुग्छ भन्ने’ भनिन्। छविलाई माफी दिने नदिने विषयमा उनी आफूले ३ वर्षबाट यातना भोग्दै आएको भनिन्। अन्तिम समयमा घाटी थिच्दा सबै सकिएको झैँ लाग्यो पन्छाउन नसकेर खुट्टाले पन्छाएर भागेको र यसअघि पनि घाँटी थिच्ने र यो पटक थिचेर छोडेनन्।

विवाहको एक महिना राम्रै भयो। त्यो पछि कति आरोप लगाउनुभयो। शब्द पिटेको भन्दा नराम्रो थियो। ‘त …. दिउँसै रंगरालिया मनाएर हिँड्ने आइमाई’ यस्तो धेरै पटक भन्नुभयो। कपाल समात्ने झ्याम्म हान्ने त धेरै सहेको छु।

जोसँग काम गर्‍यो त्यही हिरोसँग लागिस् भन्नुहुन्थ्यो। लज्जाको समय आर्यन शिग्देल प्ले ब्वाई हो भन्नु हुन्थ्यो। हो कि भनेर म टाढा बस्थेँ। म राम्रोसँग बोल्न पाउदैन थिएँ।

हवल्दार सुन्तलीको समयमा सविन श्रेष्ठजीलाई पनि त्यस्तै भन्नुहुन्थ्यो। फागु फिल्मको बेलामा सुवासलाई आउँ भनेर बोलाउँदा ‘तेरो त्यो को हो तेरो त्योसँग लभ परिसक्यो’ भन्नुभयो।

मैले हरेक फिल्मको डिल गर्दा उहाँको अफिसमा बोलाएर उहाँलाई सोधेर गर्थेँ। त्यसरी काम गर्दा पनि शंका गर्ने। मलाई पुष्पसँग डाइरेक्ट भन्नुभएन। तर, किन उसलाई सपोर्ट गर्छेस् भन्नुभयो। बानीपरेको थियो र वास्ता गरिनँ।

पैसाको लागि विवाह गरेको विवादमा उनले विराटनगरको धनाड्य बाबुको छोरी भएको र छवीको कुनै आश गर्न नपर्ने बताइन्।

आफू सम्पन्न व्यक्ति हो भन्दै गर्दा अन्त्यमा उनले कानुन बमोजिम पाउने सम्पति लिने कुरा बताईन्।

बुढो मान्छेको कुरामा उनले आफूलाई पहिलो श्रीमती र उनका छोराहरूको विषयमा विवाहको एक महिना पछि मात्रै थाहा पाएको हो। तसर्थ पहिलो गीतान्जली सुनुवार र दोस्रो रेखा थापा हो, थाहा थियो मलाई।

पहिला भ्रममा राखियो। अर्को केटासँग लागेको र डिप्रेसनमा गएर उहाँले गीतान्जलीले आत्महत्या गरेको भन्नु भएको थियो। तर वहाको बारेमा अहिले रेखा दिदीबाट थाहा पाए कि, कुरा अर्कै रहेछ।

रेखा दिदीले गीतान्जली दिदीको चिट्ठी पढेको र आत्महत्या भएको माथि नै शंका रहेको भन्नुभयो। मलाई टेकुमा उजुरी दिएको दिन रेखा दिदी भेट्न आउनु भएको थियो सानो समस्या हो भने मिल भन्नु भयो। तर, मेरो कुरा सुनेर यो मान्छे कहिले नसुध्रिने रहेछ भनेर फर्किनु भयो।

रेखा दिदीको छविजीप्रतिको दोधारे कुराले म झुक्किएँ। एउटा अन्तर्वार्तामा एकदम सकारात्मक कुरा गर्ने उहाँ अर्कोमा एकदम नकारात्मक।

छवी एकोहोरो हुँदाहुँदै पनि दस वटा हिरोसँग हिँडेर रेखाले धोका दिईन् भन्दै नमस्ते नेपालमा आउने धेरैले भने। 

प्रकाशित मिति: : 2019-07-16 11:36:34

प्रतिकृया दिनुहोस्