उनलाई खेलाउन इंग्ल्याण्डले नियम बदल्यो, उनले इंग्ल्याण्डको भाग्य बदलिदिए

Agency

पहिलो पटक आइसिसी क्रिकेट विश्वकपको उपाधि उचालेपछि इंग्ल्यान्डका कप्तान इयान मोर्गानले भने- जोफ्रा आर्चरले अकल्पनीय बलिङ गरे।

न्युजिल्यान्डविरूद्धको फाइनल खेलको निर्धारित ५० ओभरमा दुबै टोलीले समान २४१ रन बनाएपछि विश्वविजेताको टुंगो सुपर ओभरबाट लाग्ने भयो।

सुपर ओभरमा पहिला इंग्ल्याण्डले ब्याटिङ गर्‍यो। ट्रेन्ट बोल्टले फालेका ६ बलमा जस बट्लर र  बेन स्टोक्सले १५ रन हाने।

पछि ब्याटिङ गर्न आएको न्युजिल्याण्डले १५ भन्दा बढी रन हानेको भए चौथो पटक विश्वकप फाइनल पुगेको इंग्ल्याण्ड क्रिकेटको मक्का मानिने  लर्डसमा  फेरि निराश हुनु पर्थ्यो।

फाइनलमा पुगरे हार्ने आफ्नो नियति बदल्न इंग्ल्याण्डले २४ वर्षीय आर्चरलाई  बलिङ गर्न पठायो। उनको जिम्मेवारी थियो- न्युजिल्याण्डलाई १५ रनमा सीमित गर्ने। किनकी सुपर ओभर पनि बराबरी भए सय ओभरको खेलमा बढी बाउन्ड्री (चौका/छक्का) हानेको आधारमा  इंग्ल्यान्ड च्याम्पियन बन्ने पक्का थियो।  

उनले सुपर ओभरमा १५ रन नै खर्चिएपछि इंग्ल्यान्डले  विश्वकप ४४ वर्षको इतिहासमा पहिलो पटक उपाधि जित्यो।

यसअघि तीन पटक फाइनलमा पुगेर पनि उपाधिविहीन बनेको इंग्ल्यान्डको भाग्य बदलियो।

प्रकाशित मिति: : 2019-07-15 18:57:03

प्रतिकृया दिनुहोस्