रातो कार्पेटबारे प्रधानमन्त्रीकाे टिप्पणी : 'मिसन पत्रकारिताले मलाई हैरान बनायाे'

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध संचार माध्यमले भ्रम फिजाएको भन्दै असन्तुष्टि जनाएका छन् ।

बुधबार त्रिभुवन विश्व विद्यालयको ६० औं वार्षिकाेत्सव कार्यक्रममा सहभागी कार्यक्रममा ओछयाइएको रातो कार्पेटबारे विभिन्न संचार माध्यमहरूले बनाएकाे समाचारलाई उनले मिसन पत्रकारीताकाे नाम दिएका छन् । पानीले भिजेको राताे कार्पेटलाई संचारमाध्ययमले ठूलाे समाचार बनाउनु मिसन पत्रकारीता भएकाे उनकाे भनाई थियाे । 

उनले कालो पत्रे नभएको बाटोमा हिलो भएको विषयलाई लिएर समाचार बनाएको भन्दै मिसन पत्रकारिताले आफूलाई हैरान बनाएको बताए । ‘म प्रधानमन्त्री भएको एक वर्ष भयो,’ उनले भने, ‘देशका सबै सडक कालोपत्रे गर्न सकेनछु । ’ तर त्यसलाई पनि समाचार बनाएको उल्लेख गर्दै उनले भने, ‘धन्य छ, मिसन पत्रकारिता ।’

प्रधानमन्त्री ओलीले प्रदेश सरकार संघीय सरकारको मातहतमा रहेको बताए । प्रदेश सरकारलाई स्वतन्त्र सरकारको रुपमा लिइएकोमा आपत्ति जनाउँदै उनले संवैधानिक व्यवस्था अनुसार नै प्रदेश सरकार संघीय सरकारको मातहतमा रहेको बताए

प्रकाशित मिति: : 2019-07-11 16:01:52

प्रतिकृया दिनुहोस्