विदेश पढ्न एनओसी रोकियोः मारमा विद्यार्थी, अन्यौलमा मन्त्रालय

वैदेशिक अध्ययन अनुमतिपत्र अर्थात नो अब्जेक्शन लेटर (एनओसी) दिन रोकेको छ। मन्त्रालयको यो निर्णयले विद्यार्थीलाई मार परेको छ । सरकारले उच्च शिक्षा अध्ययनलाई मात्र एनओसी दिने निर्णयको विरोध विधार्थी तथा व्यवसायीले गरिरहेका छन्। सरकारले जेठको २९ गते सूचना प्रकाशित गरी रोक्ने निर्णय गरेको थियो।

एनओसी रोकिएको समय पनि धेरै भएको छ। यसबारे कस्तो निर्णय हुने हो भन्नेमा विद्यार्थीसँगै मन्त्रालय पनि अन्योलमा देखिन्छ। एनओसीको काम अचानक रोकिँदा अहिले हजारौंको संख्यामा रहेका विद्यार्थीहरुको भविष्य अन्योलमा देखिन्छ।

सिन्धुपाल्चोकबाट एनओसी लिन आएकी सुशिला लामाले +२ पास गरेर डिप्लोमा कोर्सको लागि अष्ट्रेलिया जान सबै प्रक्रिया पुरा गरिसकेकी छिन्। दुई दिन भन्दा बढि भइसकेको छ उनले वैदेशिक अध्ययन अनुमति शाखा केशरमलमा धाएको तर एनओसी पाउन भने सकेकी छैनन्। एनओसी पाउनका लागि आफु योग्य हुँदासमेत एनओसी नदिदा आश्चर्यमा छिन् उनी। मैले प्रमाणपत्र तह पास गरेर एनओसी लिन आउँदा पनि पाइन। एनओसी किन नपाएको भनेर निवेदन पेश गर्दासमेत कुनै जवाफ पाउन सकिन अब के गर्ने’ भन्दै कुरेर बसेकी छिन लामा।

यस्तै सुनसरीबाट एनओसी लिन आएका छन्, सलम चौधरी। चौधरी बि.आई.टी. अध्ययनका लागि रसिया जाने तरखरमा छन्। तर उनले पनि एनओसी पाउन सकेका छैनन्। उनीसँगै आएका साथीले एकैदिनमा एनओसी पाएको चौधरीले बताए। आफुले भने आजसम्म पाउन नसकेको गुनासो गर्छन।

 

प्रकाशित मिति: : 2019-07-11 15:55:54

प्रतिकृया दिनुहोस्