जिल्ला इन्चार्ज र सहइन्चार्जको मापदण्डबारे नेकपामा सहमति, पुरानै इन्चार्जहरूलाई जिम्मेवारी दिइने

बिनु सुवेदी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जिल्लाका पुरानै इन्चार्जहरूलाई जिम्मेवारी दिनेगरी मापदण्ड तय गरेको छ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’  र नेता माधवकुमार नेपालबीच निरन्तर भएका छलफलहरूबाट उक्त सहमित भएको हो।

‘पहिले जिल्ला अध्यक्ष र सचिव तोक्दा अपनाइएको मापदण्डअनुसार नै अब इन्चार्ज र सहइन्चार्जहरुको टुंगो लगाइनेछ,’ एक सचिवालय सदस्यले सेतोपाटीसँग भने।

पहिलेकै मापदण्डमा जाँदा अब पूर्वएमालेका तर्फबाट जिल्ला इन्चार्ज भएको ठाउँमा पूर्वमाओवादीका सहइन्चार्ज र पूर्वमाओवादीका तर्फबाट इन्चार्ज तोकिएका ठाउँमा पूर्वएमालेका नेता सहइन्चार्ज हुनेछन्।

प्रकाशित मिति: : 2019-07-09 13:24:38

प्रतिकृया दिनुहोस्